सडक सुरक्षामा प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड « Khabarhub

सडक सुरक्षामा प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन् । 

 समितिका सदस्यहरूले सवारीको गति बढी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्न सकिने र सडक सुरक्षालाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।

बैठकमा समितिका सभापति आशिष गजुरेलले वार्षिक रुपमा तीन हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएकाले सडक सुरक्षासम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए । 

सांसद बासना थापाले सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताए। उनले कर्णाली प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएपछि दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै त्यसले जनजीवनमा पारेको प्रभावको समेत मूल्यांकन हुनुपर्ने बताए।

सांसद राजेन्द्रकुमार राईले मोबाइल फोन प्रयोग तथा सवारी चलाउँदा सङ्गीत सुन्ने प्रवृत्तिका कारण पनि सडक दुर्घटना बढिरहेको बताए। उनले चालकको अनुशासन र सचेतनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सडक सुधारका लागि विशेष पहल आवश्यक रहेको बताए। उनले निगरानी प्रविधिमा लगानी गर्न सके सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे। सांसद शर्माले कर्णाली क्षेत्रमा रात्रिकालीन यातायात सञ्चालनका लागि सडक विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।

सांसद आशा झाले सडक निर्माणका काम समयमै सम्पन्न हुनुपर्ने बताए । त्यसैगरी, सांसद राजु पाण्डेले सडक सुरक्षासम्बन्धी कानुन कार्यान्वयनको अवस्थाबारे समग्र मूल्यांकन आवश्यक रहेको बताए। उनले जनशक्ति मात्रै बढाउनुभन्दा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पहिरोका कारण सडक सुरक्षामा थप चुनौती देखिएको बताए। उहाँले सडक किनारमा राखिने विज्ञापन सामग्रीले समेत दुर्घटना बढाउने गरेको उल्लेख गर्दै स्थानीय सडक सञ्जाल व्यवस्थापनमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने धारणा राखे।

विषयविज्ञ भगवती सेढाइले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने यात्रुले समेत हेल्मेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए। उनले मापदण्डअनुसारका गुणस्तरीय हेल्मेटको प्रयोग सुनिश्चित गर्न पहल आवश्यक रहेको धारणा राखे।

उनले सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गर्नुपर्ने तथा सडक सुरक्षाका लागि छुट्टै ‘सडक सुरक्षा परिषद्’ गठन गर्न आवश्यक रहेको बताए। 

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित