विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण त्रिकोणात्मक शृंखला मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ। यस शृंखलामा नेपाल, अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा गर्दैछ।

लिग २ को तालिकामा शीर्ष स्थानमा रहेका अमेरिका र स्कटल्यान्डको नजर उपाधितर्फ हुँदा, घरेलु टोली नेपालका लागि भने यो शृंखला आफ्नो एकदिवसीय अस्तित्व जोगाउने लडाइँ जस्तै बनेको छ। नेपालले यस शृंखलामा स्कटल्यान्ड र अमेरिकासँग २–२ खेल खेल्ने तालिका छ।

हाल लिग २ को तालिकामा अमेरिका २४ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने स्कटल्यान्ड २८ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ। नेपाल भने २४ खेलमा मात्र १८ अंक जोडेर आठ राष्ट्र सम्मिलित तालिकाको सातौँ स्थानमा छ। लिग २ का शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने भएकाले नेपालका लागि अबका हरेक खेल ‘गर या मर’ को स्थितिमा छन्।

नेपालका लागि लिग २ मा यो तेस्रो तथा अन्तिम घरेलु शृंखला हो। सन् २०१९–२०२३ को साइकलमा घरेलु मैदानमा खेलिएका १२ मध्ये १० खेल जितेको नेपालले यसपटक भने सोही लय कायम राख्न संघर्ष गरिरहेको छ। पछिल्लो समय यूएई र ओमान सम्मिलित शृंखलामा नेपालले मिश्रित नतिजा निकालेको छ।

नेपाल आउनुअघि स्कटल्यान्डको प्रदर्शन केही कमजोर देखिएको छ। नेपाल ‘ए’ सँगका दुवै अभ्यास खेलमा पराजित भएको स्कटल्यान्डले एसियाली कन्डिसनमा भिज्न पाकिस्तानका पूर्वकप्तान अझर अलीलाई परामर्शदाता नियुक्त गरेको छ। अलीको अनुभवले टोलीलाई थप मजबुत बनाउने स्कटल्यान्डको विश्वास छ। साथै, स्कटल्यान्डका मार्क वाट, जर्ज मुन्सी र ब्रान्डन म्याकमुलेनसँग एनपीएल खेलेको अनुभव रहेकाले उनीहरू नेपाली मैदानसँग परिचित छन्।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट लयमा छन्। उनले पछिल्लो शृंखलामा औसत ९० को रनरेटमा २ सय ६८ रन बनाएका थिए। तर, अन्य ब्याटरको साथ नहुनु नेपालको मुख्य चिन्ताको विषय हो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अस्थिर प्रदर्शन तथा कप्तान रोहित पौडेलको ब्याटिङ खडेरीले टोलीलाई दबाबमा राखेको छ।

यसपटक टोलीमा अलराउन्डर बसिर अहमदको स्थानमा इशान पाण्डेलाई समेटिएको छ। देब्रेहाते ब्याटरको अभाव झेल्दै आएको नेपाली शीर्ष क्रममा इशानको आगमनले केही राहत दिने अपेक्षा गरिएको छ। त्यस्तै, बलिङतर्फ विशेषगरी स्पिनरले घरेलु मैदानमा आफ्नो प्रभाव पुनः फर्काउनुपर्ने चुनौती छ।

यो शृंखला नेपालका लागि विश्वकप छनोटको ढोका खुल्ला राख्न र ओडिआई मान्यता सुरक्षित गर्न निर्णायक हुने देखिन्छ। नेपाल र स्कटल्याण्डबीचको खेल मंगलबार बिहान ९ः३० बजे कीर्तिपुरमा सुरु हुँदैछ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ८ : ३५ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र