रुस–अमेरिका वार्ता ‘फलदायी’ « Khabarhub

रुस–अमेरिका वार्ता ‘फलदायी’


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दूत किरिल दिमित्रीभले अमेरिकी वार्ताकारहरूसँग भएको भेटलाई ‘फलदायी’ भएको बताएका छन् । इरान युद्ध सुरु भएपछि मस्को र वासिङ्टनबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो ।

फ्लोरिडामा भएको उक्त छलफलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वैश्विक दूत स्टिभ विटकफ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार जोश ग्रुएनबाम सहभागी भएको बताइएको छ । दिमित्रीभले सामाजिक सञ्जाल एक्समार्फत उनीहरूलाई धन्यवाद दिँदै बैठक सकारात्मक रहेको उल्लेख गरे।

उनले ‘स्टिभ, जारेड र जोशसँग भएको बैठकका लागि धन्यवाद, छलफल निकै फलदायी रह्यो’ भन्दै पोस्ट गरेका थिए।

यसअघि विटकफले पनि टोलीहरूले विभिन्न विषयमा छलफल गरेको र आगामी दिनमा सम्पर्क कायम राख्ने सहमति भएको बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्ता गरेका थिए । त्यसपछि ट्रम्पले पुटिन मध्यपूर्वको युद्धसँग सम्बन्धित विषयमा ‘सहयोगी’ हुन इच्छुक देखिएको बताए ।

फ्लोरिडाको बैठक त्यतिबेला भएको हो जतिबेला अमेरिका केही दिनअघि मात्रै रुसी तेलमाथि लगाइएका केही प्रतिबन्ध हटाउने निर्णयमा पुगेको थियो । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि वासिङ्टनले ती प्रतिबन्ध लगाएको थियो । अहिले मध्यपूर्वमा युद्धका कारण ऊर्जा बजार अस्थिर भइरहेका बेला यस्तो निर्णय आएको हो ।

बैठकपछि दिमित्रीभले वासिङ्टनले रुसी तेलको महत्त्व अझ स्पष्ट रूपमा बुझ्न थालेको टिप्पणी गरेका छन्। उनका अनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुधार गर्ने सम्भावना र विश्व ऊर्जा बजारमा देखिएको संकट समाधान गर्न सक्ने परियोजनाबारे पनि छलफल गरेका छन् ।

टेलिग्राममा लेख्दै उनले विश्व अर्थतन्त्रको स्थिरतामा रुसी तेल र ग्यासको महत्त्वपूर्ण भूमिका रहेको धेरै देशहरूले अहिले बुझ्न थालेको उल्लेख गरे। साथै रुसविरुद्ध लगाइएका प्रतिबन्धहरू प्रभावकारी नभएको र त्यसले नकारात्मक असर पारिरहेको बुझाइ पनि विस्तारै बढिरहेको उनले बताए।
 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ३ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित