सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको विवादित अडियो संवाद सार्वजनिक भएको छ ।

एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारेर अश्लिल भिडियो बनाउँदै ब्ल्याकमेल गर्दै ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिएको अडियो सार्वजनिक भएको हो ।

जनआस्थाले सार्वजनिक गरेको अडियोमा सांसद सुनारले महिलालाई अश्लिल गालीगलौज गर्दै पैसा मागेको र नदिए मार्ने, घरमा आगो लगाउने, बलात्कार गर्ने र ‘मारेर रगत खाने’ धम्की दिएको सुन्न सकिन्छ ।

यो अडियो संवाद सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले सुनारप्रति आक्रोश व्यक्त गरेका छन् ।

अडियोमा सुनारले फोहोरी र सुन्नै नसक्ने शब्दसमेत प्रयोग गरेका छन् । सार्वजनिक अडियोमा महिलाले तनावका कारण आफ्नो फेसबुक अकाउण्ट डिएक्टिभेट गर्नु परेको बताउँछिन् ।

सुनारले ‘आज तेरो रगत कसरी खान्छु,पख्’ भन्दै अकाउण्ट एक्टिभेट गर्न चेतावनी दिएर गाली गरेको सुनिन्छ।

….

दलित अधिकारकर्मीको छवि बनाएका सुनारको पृष्ठभूमि भने विवादित र शंकास्पद देखिन्छ। ‘दलितका लागि दलित अभियान नेपाल’का संयोजक सुनारमाथि अदालत जलाउने धम्की, गालीगलौज, साइबर बुलिङ र ठगीसहितका दर्जनौँ मुद्दा र उजुरी सा‍ंसद् हुनु अगाडी नै थिए ।

दैलेखका सुनार नेपाली कांग्रेसका विवादित नेता गणेश लामा निकट भएर राजनीतिमा सक्रिय थिए। उनी ठगी प्रकरणमा पक्राउ परी जेल सजायसमेत भोगिसकेका पात्र हुन् ।

सर्वोच्च अदालत जलाउने अभिव्यक्ति दिएका कारण पक्राउ परेका उनीमाथि २०८१ असारमा सुर्खेत जिल्ला अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा समेत पक्राउ पुर्जी जारी भएको थियो।

अधिकारको आन्दोलनका नाममा सार्वजनिक मर्यादा र कानुनी शासनको खिल्ली उडाउँदै आएका सुनारका अभिव्यक्ति सांसद बनेपछिसमेत विवादमा थिए । यो अडियो सार्वजनिक भएपछि सांसद सुनुवारमाथि कारबाही गर्नुपर्ने दबाबमा सत्ताको नेतृत्वकर्ता दल रास्वपा परेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ६ : ४९ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र