रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेको आरोपका बीच उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले सम्भावित आक्रमणको प्रतिरोध गर्न आफू सक्षम रहेको सन्देश रुसलाई दिने तयारी गरेको छ ।

नेटोका सर्वोच्च सहयोगी कमान्डर युरोपका अमेरिकी जनरल एलेक्सस ग्रिन्केविचले पोल्यान्डको वार्सामा आयोजना हुने सुरक्षा सम्मेलनमा गठबन्धनको ‘विजयको सिद्धान्त’ प्रस्तुत गर्ने अधिकारीहरूले बताएका छन् । उक्त सम्बोधनमार्फत आक्रमणको प्रतिरोध गर्न र आवश्यक परे त्यसलाई परास्त गर्न नेटो सक्षम रहेको स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

जर्मनीको एक विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेपछि युरोपमा रुसको गतिविधिबारे चिन्ता बढेको छ । पश्चिमी अधिकारीहरूले युक्रेनलाई समर्थन गर्ने देशविरुद्ध मस्कोले तोडफोड र हस्तक्षेपका गतिविधि बढाएको आरोप लगाउँदै आएका छन् ।

रुसको सम्भावित आक्रमण रोक्न नेटोले आफ्नो रक्षा योजनालाई गोप्य राख्दै आएको छ । नयाँ सम्बोधनमा रणनीतिका विस्तृत विवरण सार्वजनिक हुने सम्भावना कम भए पनि यसले रुसलाई चेतावनी दिनुका साथै पूर्वी युरोपका सदस्य राष्ट्रलाई सुरक्षा प्रत्याभूति दिलाउने अपेक्षा गरिएको छ ।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले युरोपमा तैनाथ अमेरिकी सेनाको सङ्ख्या र भूमिकाबारे समीक्षा गरिरहेको छ । युरोपमा अमेरिकी सैनिकको सङ्ख्या कटौती हुन सक्ने चिन्ताका बीच युरोपेली देशहरूले आफ्नै सैन्य क्षमता सुदृढ बनाउने प्रयास तीव्र पारेका छन् । अमेरिकी रक्षा मन्त्रालयको समीक्षाको नतिजा यस वर्षको अन्त्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ४ : ३१ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र