भारतको सेवा क्षेत्रमा सुधार, आन्तरिक माग बलियो


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सेवा क्षेत्रको वृद्धिदर अप्रिल महिनामा बढेको छ । मार्च महिनामा यो क्षेत्र १४ महिनाकै न्यून विन्दुमा पुगेको थियो । विश्वव्यापी माग कमजोर भए पनि आन्तरिक माग बलियो हुँदा यस क्षेत्रमा सुधार आएको हो । यद्यपि, मध्यपूर्वमा जारी द्वन्द्वका कारण देखिएको अनिश्चितताले आगामी वर्षको उत्साहमा भने केही कमी आएको हालै सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

एस एन्ड पी ग्लोबलले तयार पारेको ‘एचएसबीसी इन्डिया सर्भिसेज पर्चेजिङ म्यानेजर्स इन्डेक्स’ (पीएमआई) अप्रिलमा ५८.८ पुगेको छ । यो सूचक मार्च महिनामा ५७.५ थियो । यो प्रारम्भिक अनुमानभन्दा बढी हो । सन् २०२१ को मध्यदेखि यो सूचक ५० अङ्कभन्दा माथि रहँदै आएको छ । यसले सेवा क्षेत्रमा लगातार विस्तार भइरहेको सङ्केत गर्छ ।

नयाँ व्यवसायको वृद्धिदर अप्रिल महिनामा पाँच महिनायताकै तीव्र गतिमा बढेको छ । यसले बजारमा बलियो माग रहेको देखाउँछ । उपभोक्ता सेवा क्षेत्रले नयाँ अर्डर र उत्पादनमा नेतृत्व गरेको छ। यसपछि यातायात, सूचना र सञ्चार क्षेत्र अग्रस्थानमा रहेका छन् ।

तर, अन्तर्राष्ट्रिय बिक्रीको वृद्धिदर भने एक वर्षभन्दा बढी समययताकै दोस्रो कमजोर अवस्थामा खुम्चिएको छ । कम्पनीहरूका अनुसार मध्यपूर्वको युद्ध र विदेशी पर्यटकको आगमनमा आएको सुस्ती यसको मुख्य कारण हो ।

अप्रिलमा कम्पनीहरूको सञ्चालन खर्च भने केही कम गतिमा बढेको छ । मार्चमा यो खर्च झन्डै चार वर्षकै उच्च विन्दुमा पुगेको थियो। खाद्यपदार्थ, ग्यास र श्रमको उच्च लागतका कारण अझै पनि खर्चिलो अवस्था नै छ। तर, कम्पनीहरूले यो अतिरिक्त भार आफैँले व्यहोरेका छन्। त्यसैले बिक्री मूल्यमा खासै ठूलो वृद्धि भएको छैन।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ०३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र