लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई « Khabarhub

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ । 

प्रतिस्पर्धी नवलपरासीलाइ ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो । अघिल्लो वर्षको विजेता गुल्मीले फाइनल खेलमा नवलपरासीलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१५ ले पराजित गरेको हो । 

उपाधिसँगै गुल्मीले नगद रु एक लाख, ट्रफी र मेडल र दोस्रो स्थानमा चित्त बुझाएको नवलपरासीले रु ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । 

यही चैत २५ गते सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागिता रहेको थियो । प्रतियोगितामा रूपन्देही तेस्रो र प्युठान चौथो भएका छन् । 

रूपन्देहीले प्युठानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान कायम गरेको हो । रुपन्देहीले नगद ३५ हजार र चौथो भएको प्युठानले १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ६ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित