शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु « Khabarhub

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताए । उनका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको उक्त कम्प्लेक्समा १५ दिनसम्म सर्वेक्षण गरिनेछ ।

निकुञ्जका अनुसार बाघ हिँडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामरा जडान गरिएको छ । संरक्षण अधिकृत वाग्लेले भने, ‘त्यहीँ फोटोको आधारमा बाघ गणना गरिन्छ, क्यामेराले खिचेको बाघको पाटा अर्को बाघसँग मेल खाँदैन ।’

उनका अनुसार शुक्लाफाँटामा बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोली खटिएको छ । त्यसैगरी आवश्यक भएको हात्तिसमेत परिचालन गरिनेछ ।

‘यहाँ ११ वटा क्याम्पमा छुट्याएर जनशक्ति परिचालन गरिएको छ, २६० ग्रिडमा ५२० स्वचालित क्यामेरा जडान गरिएको छ’, उनले भने । ‘एक ग्रिडमा एक जोडी क्यामेरा जडान गरिन्छ ।’ निकुञ्जका अनुसार डडेल्धुराको आलितालमा २३ ग्रिड, शुक्लाफाँटाको बनखेडामा २३, वेदकोटमा २१, चिर्किट्टेमा १९, डाँडाजाइमा ३६, दोमिल्लामा ३१, कालिकिचमा २६, कुवा डाँडामा २३, नौलामा १६, शुक्लामा २३ र तिकेनीमा १९ ग्रिडमा क्यामेरा जडान गरिएको छ ।

शुक्लाफाँटामा सन् २०२२ को राष्ट्रिय गणनाअनुसार ३६ वटा बाघ रहेकोमा निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन् । पछिल्लो समय राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ । थोरै क्षेत्रफल भए पनि शुक्लाफाँटामा बाघको आहारा प्रजातिको घवत्व वढी भएका कारण यहाँ बाघको सङ्ख्या उलेख्य रुपमा बढेको संरक्षण अधिकृतहरु बताउँछन् ।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जले परिचित छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित