स्विट्जरल्यान्डमा बस दुर्घटना « Khabarhub

स्विट्जरल्यान्डमा बस दुर्घटना


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना हुँदा धेरै जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । 

ग्रुबुन्डेन क्यान्टनको सुस्क र जेर्नेज नगरपालिकाबीच बिहीबार साँझ सुरक्षा अवरोधमा ठोक्किएर कोच पल्टिँदै बाँधबाट तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना स्थानीय समयअनुसार साँझ ४ः४५ बजे भएको हो । क्यान्टोनल प्रहरीले मृतक र घाइतेको यकिन सङ्ख्या तत्काल सार्वजनिक नगरी परिवारलाई जानकारी गराउने प्रक्रिया भइरहेको जनाएको छ । घटनास्थलमा उद्धारकर्मी तथा हेलिकप्टर परिचालन गरिएको थियो ।

डच फेडेरेसन अफ ट्राभल एजेन्सीका अनुसार दुर्घटनामा परेको कोच टुर कम्पनी ओडको हो । नेदरल्यान्ड्सबाट सोमबार प्रस्थान गरेको उक्त कोच अस्ट्रियाबाट स्विट्जरल्यान्डको एकदिने यात्रामा रहेका बेला दुर्घटनामा परेको हो ।

टुर कम्पनी ओडले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति र उनीहरूका परिवारलाई सहयोग गर्न स्थानीय अधिकारीसँग समन्वय भइरहेको जनाएको छ । स्विस राष्ट्रपति गाइ पारमेलिनले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

दुर्घटना भएको जेर्नेज स्विस राष्ट्रिय निकुञ्जको प्रवेशविन्दुमध्ये एक हो । उक्त क्षेत्र एन्गाडिन उपत्यकामा फैलिएको एक सय वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफलको विशाल अल्पाइन संरक्षित क्षेत्रका रूपमा परिचित छ ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  १ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित