पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’ « Khabarhub

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’


२६ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘गाई–भैंसी नयाँ पकेट विकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । 

विगतका वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम अघि बढाएको हो । 

गाउँपालिकाको रु २५ लाख र किसानको रु २५ लाख लागत साझेदारी गरी कुल ५० लाख बराबरको बजेटमा यो कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । 

उनका अनुसार किसानका मागका आधारमा उन्नत जातका गाई तथा भैँसी वितरण गरिनेछ । गत आवमा पनि यहाँका किसानलाई ३९ वटा उन्नत जातका गाई वितरण गरिएका थियो । यस वर्ष पनि इच्छुक समूह तथा फार्महरूका लागि सूचना जारी भइसकेको बताए।

गाउँपालिकाका अध्यक्ष किरण राईले किसानलाई पशुपालनमार्फत आर्थिक रूपमा सबल बनाउनुका साथै पोषण सुरक्षामा समेत टेवा पुर्याउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

‘विगतका वर्षबाट नै किसानलाई उन्नत जातको गाईभैँसी वितरणको कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’, अध्यक्ष राईले भने, ‘यो वर्ष पनि किसानलाई गाईभैँसी वितरणको तयारी गरेका छौँ ।’

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले महिला विकास बोर्डअन्तर्गत ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत पशुपालन तथा कृषिका क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको बताए। 

सो कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम परियोजना कार्यान्वयन म्यानुअल २०७७  (पहिलो संशोधन २०८१) को स्वीकृत मापदण्डअनुसार सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा कृषि–पशु समूह, समिति, सहकारी, वन उपभोक्ता समिति तथा दर्तावाला कृषि तथा पशुपालन फार्मले प्रस्ताव दर्ता गर्न सक्नेछन् । 
 

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ६ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित