आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन « Khabarhub

आइतबार ओपीडी सेवा दिने अस्पतालका कर्मचारीलाई सट्टा बिदाको व्यवस्था

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तरता दिन आइतबारसमेत अस्पतालका बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आइतबारको बिदाका कारण बिरामीलाई मर्का पर्न नदिन यस्तो व्यवस्था मिलाउन सबै अस्पताल र स्वास्थ्य निकायलाई अनुरोध गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू हुँदै छ । सोही सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाइराख्न मन्त्रालयले नयाँ कार्यविधि अघि सारेको हो ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार अस्पतालले आइतबारको हकमा आफ्नो कार्यबोझ (वर्कलोड) र उपलब्ध जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउनुपर्नेछ । यसरी आइतबार काम गर्ने कर्मचारीलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन नै बिदा पाउने गरी व्यवस्था मिलाउन भनिएको छ ।

“विभिन्न कारणले बिदा दिन नसकिने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ,” विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले प्रादेशिक अस्पतालहरूमा समेत यही बमोजिमको व्यवस्था मिलाउन र सम्बन्धित प्रदेशका स्वास्थ्य मामिला हेर्ने मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ९ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित