भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन प्रमुख ज्ञानेश कुमारको राजीनामा मागेर शनिबार राजधानी नयाँदिल्लीमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा ठूलो सङ्ख्यामा प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आह्वान गरेको प्रदर्शन भारतको निर्वाचन आयोगमाथि लागेको अनियमितताको आरोपपछि सुरु भएको आन्दोलनको निरन्तरता हो ।

भारतको निर्वाचन आयोगले भने आरोप अस्वीकार गर्दै मतदाता नामावलीको विशेष पुनरावलोकन दोहोरो नाम हटाउन र अयोग्य मतदातालाई सूचीबाट बाहिर राख्न गरिएको जनाएको छ । विपक्षी दल तथा आलोचकहरूले भने यस प्रक्रियाबाट वास्तविक मतदातासमेत मतदानको अधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा पुग्न सक्ने आशङ्का व्यक्त गरेका छन् ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका दर्जनौँ मेट्रो स्टेसन बन्द गर्ने आदेश दिइएको छ भने केही रेल सेवासमेत रद्द गरिएका छन् । भारतको सर्वोच्च अदालतले भने सबै मेट्रो स्टेसन एकैपटक बन्द नगर्न र केही रेल सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ ।

सीजेपीले देशभर कम्तीमा १० हजार समर्थकलाई नियन्त्रणमा लिइएको आरोप लगाएको छ । प्रहरीले भने यस आरोपबारे विस्तृत प्रतिक्रिया दिएको छैन ।

सन् २०२५ मा सुरु भएको मतदाता नामावली पुनरावलोकनका क्रममा प्रारम्भिक सूचीबाट १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएको बताइएको छ । यस प्रक्रियालाई लिएर भारतमा निर्वाचनको निष्पक्षता, पारदर्शिता र नागरिकको मतदान अधिकारबारे विवाद चर्किएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १ : ४३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र