इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि « Khabarhub

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किँदा तेलको मूल्य प्रतिब्यारेल सय रुपैयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको छ । 

तेहरानले बुधबारदेखि तेल र ग्यासको रणनीतिक ढुवानी मार्ग हर्मुजमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिर नो–गो जोन क्षेत्र विस्तार गरेको छ । जहाँ इरानले फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएदेखि यातायात प्रतिबन्धित गरेको छ ।

अन्तर्राष्ट्रिय सम्झौता ‘ब्रेन्ट क्रुड’ को मूल्य बिहीबार एशियाली व्यापारमा प्रतिब्यारेल १०१.२८ डलर थियो, जुन जुलाई पछि पहिलो पटक १०० डलरभन्दा माथि पुगेको हो ।

तेहरानको रिभोलुसनरी गाड्र्सले हर्मुजको जलमार्ग पार गर्ने प्रक्रियामा रहेका दुई अमेरिकी जहाज, आठ तेल ट्यांकर र १० वटा अन्य जहाजहरूमा आक्रमण गरेको इरानको सरकारी मिडियाले रिपोर्ट गरेपछि कच्चा तेलको मूल्यमा उछाल आएको जनाइएको छ ।

तेहरानमा अमेरिका–इजरायली आक्रमणले द्वन्द्व सुरु गरेको छ महिनाभन्दा बढी समयपछि गतिरोधमा परेको युद्धमा संयुक्त राज्य अमेरिकाले जित हासिल गरेपछि तेलको मूल्य तुरुन्तै कम हुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए । 

हर्मुज जलमार्गको नाम ‘ट्रम्प स्ट्रेट’ राख्ने सुझाव दोहोर्‍याउँदै उनले भने, ‘हामीले इरानसँगको युद्ध जिते पछि तेलको मूल्य घट्नेछ हामी यसलाई जित्दैछौँ र हर्मुज स्ट्रेटलाई नियन्त्रण गर्छौं ।’

इरानको शक्तिशाली रिभोलुसनरी गाड्र्सले बुधबार ओमानको खाडी र अरब सागरका केही भागहरूलाई नयाँ प्रतिबन्धित क्षेत्र मा थप गरेपछि ट्रम्पको यस्तो आशावादी टिप्पणी आएको छ । 

यदि कुनै जहाज निर्धारित समन्वयबिना त्यस क्षेत्रमा प्रवेश गर्छ भने, यो हाम्रो प्रतिबन्धको अधीनमा हुनेछ गार्डका प्रवक्ता हुसेन मोहेबीले सरकारी टेलिभिजनसमक्ष बताए। 

फेब्रुअरीमा युद्ध सुरु भएदेखि इरानले होर्मुज जलमार्गको नियन्त्रणमा दाबी गरेको छ, जलमार्गबाट हुने यातायात अवरुद्ध गरेको छ । जहाजहरू तेहरानको जलमार्ग प्रयोग गर्नुअघि अनुमति प्राप्त गर्ने र पारवहन शुल्क तिर्नुपर्ने दाबी इरानले गर्दै आएको छ । 

इरानले अब लड्न नसक्ने उल्लेख गर्दै ट्रम्पले बुधबार नोभेम्बरमा हुने मध्यावधि चुनावपछि युद्ध समाप्त हुने बताए । 

यद्यपि वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पका शीर्ष सल्लाहकारहरूले उहाँको कार्यकालको बाँकी दुई वर्षसम्म युद्ध जारी रहनसक्ने चेतावनी दिएका छन् ।
 
इरानी सेनाको वैचारिक शाखा गाड्र्सले पनि एक दिनअघि अमेरिकी सेनाले पाँच इरानी तेल ट्याङ्करहरू नष्ट गरेको प्रतिक्रियामा जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको बताएको छ ।

जोर्डनको सेनाले जोर्डनमा प्रहार गरिएका १८ वटा क्षेप्यास्त्र खसालेको बताइएको छ । इरानको विदेश मन्त्रालयले आफ्नो तेल ट्यांकरहरूमा भएको आक्रमणलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भन्दै निन्दा गर्दै उक्त आक्रमणले यस क्षेत्रमा तनावको खतरा बढाएको बताएको छ । 

यस क्षेत्रमा अमेरिकी सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमण गर्नु ‘आत्मरक्षार्थ’ प्रयास भएको उनले बताए । 

अमेरिकी सेनाले भने अमेरिकी  लडाकू विमानलाई लक्षित गरी भएको इरानी आक्रमणको जवाफ दिइरहेको बताएको छ  भने एक हप्ताभन्दा कम समयमा यो दोस्रो घटना हो ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ३ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित