मेची र अरनिको राजमार्ग पूर्ण बन्द : कुन सडकको अवस्था के छ ? « Khabarhub

मेची र अरनिको राजमार्ग पूर्ण बन्द : कुन सडकको अवस्था के छ ?

मध्यपहाडीमा एकतर्फी, बिपी र अरनिको राजमार्गमा पहिरोको सास्ती


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरी तथा प्रशासनद्वारा साउन २५ गते बिहान ६ बजेसम्मको अध्यावधिक विवरण अनुसार कोशी र बागमती प्रदेशका थुप्रै प्रमुख सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका हुन्।

कोशी प्रदेशअन्तर्गत मध्यपहाडी लोक मार्गको भोजपुर नगरपालिका–०५ बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि अर्को वैकल्पिक बाटोसहित यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। त्यसैगरी मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–०९ राजदुवाली खण्डमा पहिरो जाँदा झापादेखि ताप्लेजुङ जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। सो स्थानमा वैकल्पिक बाटोमार्फत सवारी साधन डाइभर्ट गरिएको छ।

बागमती प्रदेशका मुख्य राजमार्गमा पनि वर्षा र पहिरोको ठूलो असर देखिएको छ। बि.पि. राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–०९ पिन्थली (नाकैं) मा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द छ। सोही राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थिति विचार गरेर मात्रै सवारी चलाउन दिइएको छ।

यस्तै मकवानपुरस्थित कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी–पहिरोका कारण अर्को सूचना नभएसम्मका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित चारकिलो, कोदारी, लिपिङ तथा चौतारा साँगागढी नगरपालिकाको डुग्रेमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्डअन्तर्गत उत्तरगया गाउँपालिका–०५ खाल्टेमा पनि बाढीका कारण बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ।

प्रहरीले अवरुद्ध सडक खण्डहरू हटाएर यातायात सुचारु गराउने प्रयास जारी रहेको जनाउँदै यात्रुहरूलाई यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको ताजा अवस्था बुझ्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित