बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श « Khabarhub

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगले शुक्रबार बुद्ध पूर्णिमाका अवसरमा ‘बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति’ विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ ।

त्यस अवसरमा बुद्धका अहिंसा, करुणा, सचेतना तथा शान्तिपूर्ण सहअस्तित्वसम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेभा महासन्धिको मानवीय मूल्यमान्यतासँग पूरक सम्बन्ध राख्ने विचार वक्ताहरूले व्यक्त गरेका थिए ।

उक्त नियोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जेनेभास्थित प्याले दे नेसन्समा आयोजित कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी, स्वीस महासङ्घको सङ्घीय विदेश मामिला विभागअन्तर्गत एशिया–प्रशान्त महाशाखाका प्रमुख मार्कस लाइट्नर, मङ्गोलियाकी स्थायी प्रतिनिधि दावाासुरेन गेरेल्मा, थाइल्याण्डकी स्थायी प्रतिनिधि उसाना बेरानान्दा, अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आइएफआरसी) का महासचिव जगन चापागाईं, शान्तिका लागि विश्वविद्यालय (युपिस)का स्थायी पर्यवेक्षक डेभिड फर्नान्डेज पुयाना, अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) की अन्तर्राष्ट्रिय कानुन नीति तथा अभिलेख निर्देशक इभा स्वोबोडा तथा जेनेभा ग्राजुएट इन्स्टिच्युटकी निर्देशक मेरी–लउरे साल्सले बुद्धका उपदेशबारे मन्तव्य व्यक्त गरेका छन् ।

राजदूत लाइट्नरले विश्वमा  शान्ति कायम गर्न बुद्धले गरेका थिए योगदानको स्मरण गर्दै नेपाल–स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको र दुई देशबीचको मित्रता एवं सहकार्य सघन भएको बताए।

साथै बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, लाओस, मेक्सिको, सिङ्गापुर, श्रीलंका, भियतनाम, नर्वे तथा पाकिस्तानका प्रतिनिधिहरूले पनि बुद्धका उपदेशबारे धारणा राखेका थिए । 

कार्यक्रममा स्वीट्जरल्यान्ड सरकार, विभिन्न अन्तर्राष्ट्रिय सङ्गठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा  सरोकार भएका अन्य निकायका प्रतिनिधिसहित एक सय जनाभन्दा बढीको उपस्थिति  थियो ।

उक्त कार्यक्रमले नेपाल–स्वीट्जरल्यान्डबीचको ७० वर्षे कूटनीतिक सम्बन्ध, बुद्धका शिक्षासँग जेनेभा महासन्धिको अन्तरसम्बन्ध तथा लुम्बिनी र जेनेभाबीचको सम्बन्धलाई पुनः जोड्ने अवसर प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  २ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित