राप्ती तटीय क्षेत्रका स्थानीयबाट डुवान–कटान समस्या सुल्झाउन आग्रह « Khabarhub

राप्ती तटीय क्षेत्रका स्थानीयबाट डुवान–कटान समस्या सुल्झाउन आग्रह


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको समस्या दीर्घकालीन रुपमा समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राप्ती नदी प्रभावित क्षेत्रका स्थानीयले डुबान र कटानको समस्या सुल्झाउन सक्ने उम्मेदवारलाई मतदान गर्ने जनाएका छन् ।

ती बासिन्दाले डुबान र कटानको बर्सेनी समस्या झेल्दै आएका छन् । उनीहरूले निर्वाचनमा मत माग्न आउने राजनीतिक दलका नेता तथा उमेदवारलाई जमिन कटान र बस्ती डुबानमा पर्ने समस्याको दिगो समाधानका लागि तटबन्धको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

‘बर्सेनी हुने डुबान र कटानको समस्या समाधानका लागि काम गर्न सक्नेलाई मात्रै हामीले भोट दिने विचार गरेका छौँ’, राप्तीसोनारी गाउँपालिका– ७ नयाँबस्तीका शङ्कर यादवले भने, ‘ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षातको समयमा राम्ररी निदाउन पनि सकिन्न, त्यसैले यो पटक आश्वासन मात्रै होइने उम्मेदवारले नदी नियन्त्रणको ठोस् योजना ल्याउन जरुरी छ ।’

उनले अहिले चुनावका बेला घरघरमा आएर भोट मागे पनि चुनाव जितेपछि गाउँपालिका अध्यक्ष र सांसद फर्केर गाउँ नजाने गरेको गुनासो गरे । बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दा बर्सेनी बाढी र डुबानको पीडा झेल्दै आएका छन् ।

राप्ती नदी तटीय क्षेत्रमा पर्ने बाँके निर्वाचन क्षेत्र नम्बर १ को राप्तीसोनारी र नरैनापुर गाउँपालिका र निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने डुडुवा गाउँपालिकाका मतदाताले खेतीयोग्य जमिन कटान र डुवानको समस्यालाई चुनावी मुद्दा बनाउन माग गर्दै आएका छन् ।

डुडुवा गाउँपालिका– १ होलियाका राजकुमार शुक्लाले आफूहरू राप्ती नदीबाट हुने डुबान र कटानबाट धेरै पीडित भए पनि अहिलेसम्म सरोकारवाला निकायले समस्याको समाधानार्थ कुनै पहल नगरेको गुनासो गरे ।

राप्ती नदीले तल्लोतटीय क्षेत्रका बासिन्दालाई बर्सेनी त्रासमा राख्दै आएको छ । राप्तीसोनारी गाउँपालिका– ७ झगडिया गाउँका अगुवा दीपेन्द्र पाण्डेले बाढीले जमिन कटान गर्दै आएको बताए ।

राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरका स्थानीय अगुवा लालबहादुर थापाले यो निर्वाचनमा बाढीपीडितको समस्या समाधान र जनताको पक्षमा काम गर्ने व्यक्तिलाई मतदान गर्ने बताए ।

राप्ती नदीको आसपासका स्थानीयले हरेक निर्वाचनमा भोट माग्न आउने उम्मेदवारले नदी नियन्त्रणको लागि काम गर्ने आश्वासन दिए पनि काम नहुँदा वर्षायाममा नदीमा आउने बाढीले जग्गा कटान हुने र डुवानको समस्या भोग्ने नियमित जस्तै बनेको राप्तीसोनारी गाउँपालिका– ६, जरैयाका स्थानीय भक्तिराम पाण्डेले बताए ।

बाँकेमा राप्ती नदीले गर्दै आएको कटान नियन्त्रणको लागि तय भएको पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरू नहुँदा कटान तथा डुवानको जोखिम कायमै रहेको छ । (रासस) 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : १८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित