कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका दशवटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन पाँच हजार ३१४ प्रहरी परिचालन गर्ने भएको हो ।
 
सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आमनागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त तुल्याउने उद्देश्यले जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना, २०८३ तयार गरिएको छ।
 
यही असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि उक्त योजना लागू गरिने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए ।
 
उनले भने, ‘सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालयसमेत गरी पाँच हजार ३१४ प्रहरी खटाइनेछ । त्यसमा मोबाइल गस्ती २८, मोटरसाइकल गस्ती ९८, द्रुतप्रतिकार्य टोली ६०, पैदल गस्ती १४८, लामो तथा छोटो दूरीका गस्ती २०४ हुनेछन् ।’

त्यस्तै, विशेष, नियमित तथा आकस्मिक चेकिङ ६७, ट्राफिकसहितको संयुक्त चेकिङ ४७, महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलमा ३८, यात्रु तथा नागरिक सहायता कक्ष ३७, बैंक तथा वित्तीय सङ्घसंस्था, सुरक्षा तथा बजार अनुगमन ३१, विशिष्ट व्यक्तिको सुरक्षा १०, माइकिङ प्रचारप्रसार ३४ र अन्य ड्युटी गरी ४९४ स्थानमा प्रहरी परिचालित हुने प्रहरी नायब महानिरीक्षक सापकोटाले बताए ।
 
उनले चाडपर्वका नाममा हुनसक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलापको रोकथाम एवं नियन्त्रण गरी नागरिकले सुरक्षित र हर्षोल्लाससाथ चाडपर्व मनाउने वातावरण सृजना गर्ने मुख्य उद्देश्य रहेको बताए ।
 
सार्वजनिकस्थल, मेलापर्वमा हुने झैझगडा, हुलदङ्गा, बजारको कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि, ठगीका घटनालाई पूर्ण रूपले नियन्त्रण गर्ने र सवारी दुर्घटनालाई न्यूनीकरण गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ७ : २२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र