भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत « Khabarhub

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्।

घटनाको एक वर्ष पूरा भएको अवसरमा आफना् घरमा लुटपाट र आगजनी भइरहेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै बस्नेतले पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा दोषीमाथि कारबाही नभएको बताएका हुन्।

गत वर्ष भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचनामा आगजनी भएको उल्लेख गर्दै बस्नेतले सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय तथा ४ सयभन्दा बढी नागरिकका घरसम्पत्तिमा क्षति पुर्‍याइएको बताएका छन्।

‘गत बर्ष आजकै दिन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचना जलाइए। सरकारी कार्यालय, निजी उद्योग व्यवसाय र मेरो लगायत ४ सय भन्दा बढी नागरिकका घर सम्पत्ति खरानी बनाइए’ उनले लेखेका छन्।

घटना भएको एक वर्ष बितिसक्दा पनि पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा घटनामा संलग्नमाथि कारबाही हुन नसकेको बस्नेतको भनाइ छ। ‘एक वर्ष बित्यो। पीडितले न्याय पाएनन्, क्षतिपूर्ति पाएनन् । अपराधीमाथि कारबाही भएन । यो घटनाका दोषीलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु’ उनले भनेका छन्।

बस्नेतले भदौ २४ को घटनापछि बनेको सत्ताप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। ‘त्यही अराजकताको जगमा बनेको बालेन सत्ताले देशलाई थप अन्योल र बर्बादीतर्फ धकेल्यो’ उनले आरोप लगाएका छन्।

भदौ २४ लाई इतिहासको ‘कालो दिन’का रूपमा स्मरण गर्दै उनले घटनामा संलग्न व्यक्ति वा शक्ति जुनसुकै आवरणमा भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

‘अपराधी जुनसुकै शक्ति र आवरणमा भए पनि कानुनी कठघरामा नउभ्याएसम्म आवाज रोकिने छैन’ उनले भनेका छन्।

राष्ट्रमाथि भएको अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुनेमा जोड दिँदै बस्नेतले न्याय र जवाफदेहिताको माग गरेका छन्। न्याय चाहिन्छ, जवाफदेहिता चाहिन्छ। राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य नभएको उनले बताएका छन्।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ९ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित