काभ्रेका यी उम्मेदवारले सय मत कटाउन सकेनन् « Khabarhub

काभ्रेका यी उम्मेदवारले सय मत कटाउन सकेनन्


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् । १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन नसकेका हुन् ।

काभ्रेपलाञ्चोक–१ मा सात उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गरेका छन् । यस क्षेत्रमा चार उम्मेदवारले एक हजारभन्दा कम मत ल्याएका छन् । सय मत नकटाउनेमा जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशिल लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६, समावेशी समाजवादीका विनोद लामाले ५०, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ तथा स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सबैभन्दा कम अर्थात् सात मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७, मङ्गल नेशनल अर्गनाईजेशनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका हुन् ।

काभ्रेपलाञ्चोक–२ मा भने दर्जनभन्दा बढी उम्मेदवार ५० मतभन्दा कममा सीमित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयअनुसार मितेरी पार्टी नेपालका हरिबहादुर थापाले १०, नेशनल रिपब्लिकन नेपालका सुकमान तामाङले १५, मङ्गोल नेशनल अर्गनाइजेशनका उमेश लामाले २८, नेकपा संयुक्तका राजन थापाले २८, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत तथा स्वतन्त्र उम्मेदवारहरू केशवराज तिमिल्सिनाले चार, लेनिन विष्टले आठ, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, सीताराम मैनालीले २१, उमेश थापाले २६, डिल्लीप्रसाद न्यौपानेले ३१ र आशा तामाङले ५९ मत मत प्राप्त गरेका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ९ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित