वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन « Khabarhub

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी फाँटमा सफाइ गरी नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ अभियानको ६९१औँ हप्तामा यस क्षेत्रमा सरसफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको हो । 

पछिल्लो समय यस क्षेत्रमा नकुहिने फोहर बढेपछि गत हप्तादेखि यस क्षेत्रमा सरसफाइ हुँदै आएको छ । सफाइका क्रममा कुहिने फोहर भने यहीँ खाडल खनेर गाडिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए। उनका अनुसार सो अवसरमा वाग्मती नदी किनारमा विभिन्न जातका १५० बिरुवा रोपिएको छ । 
  
आज वाग्मती सफाइ अभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अन्य अभियानकर्मी, यस क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानका अभियानकर्मी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, तिलगङ्गा महिला समूह, नदी संरक्षण संस्थालगायत प्रतिनिधिहरूको सहभागिता थियो । 

अर्को हप्ता साउन ३० गते शनिबार पनि यही स्थानमा सफाइ गरिने जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा हुँदै आएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारी, चाडपर्व, वर्षा, जाडोजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ अभियान जारी छ । 
  
वाग्मती सफाइ महाअभियानको प्रेरणाले यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड, विभिन्न सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य मुख्य सहर, मुख्यमुख्य नदी र सम्पदास्थलमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर १०८ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
 

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  १ : ५२ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा