नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण दोषी ठहर भएका छन् । उनीहरूले राज्यविरुद्धको कसुर गरेको जिल्ला अदालत काठमाडौंले फैसला गरेको छ।

त्यस्तै पूर्व गृहसचिव टेक नारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशव प्रसाद दुलाल पनि राज्य विरुद्धको कसुरमा दोषी ठहर भएका छन्।

त्यसैगरी, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पाले पनि शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर तथा एकीकृत कसुर गरेको जिल्ला अदालतको फैसलामा उल्लेख छ।

उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी राज्य विरुद्धको कसुर गरेको ठहर भएको हो।

त्यसैगरी शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषि ठहर भएका छन्। त्यसैगरी, उक्त प्रकरणमा प्रतिवादी बनाइएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ।

सोही कसुरमा टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जन कुमार खरेललाई पनि मतियारको रुपमा दोषी ठहर गरेको छ।

लिखित किर्तेको कसुरमा भने तीन जनालाई मात्रै दोषि ठहर गरिएको छ। टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी मात्रै दोषि ठहर गरेको छ। अरु सबैले यो कसुरमा भने सफाइ पाएका छन्।

संगठित अपराधमा केशव नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

संगठित अपराधमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोबिन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई प्रमुख कसुरदारका रुपमा दोषि ठहर गरेको छ। सजाय भने अर्काे पेसीले गर्नेछ ।दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोबिन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई प्रमुख कसुरदारका रुपमा दोषि ठहर गरेको छ। सजाय भने अर्काे पेसीले गर्नेछ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ९ : ०४ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला