मनाङमा चामलको माग उच्च « Khabarhub

मनाङमा चामलको माग उच्च


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमार्फत सञ्चालन गरिएको ‘जनता बिक्री कार्यक्रम’ मार्फत चामलको बिक्री गरिएको छ।  

जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममार्फत चामल, चिनी, दाल, खाद्य तेलको उल्लेखनीय बिक्री भएको शाखा कार्यालयका प्रमुख रामाशंकर कुशवाहाले जानकारी दिए ।

तथ्यांकअनुसार २०८३ असार २१ गतेसम्म जनता बिक्रीअन्तर्गत स्टिम जिरा मसिनो चामल ४४२.७५ क्विन्टल बिक्री भएको छ । 

अन्नपूर्ण सोना मन्सुली चामल ३०३.५० क्वीन्टल, एफआर सोना मन्सुली चामल ११२ क्वीन्टल, एफआर स्टिम जिरा मसिनो चामल ८८.७५ क्विन्टल, लङ्ग ग्रेन चामल १३.८५ क्वीन्टल र बासमती चामल छ क्वीन्टल बिक्री भएको कुशवाहाले जानकारी दिए । 

‘चामलको माग बढी छ । जिल्लामा  धान उत्पादन हुँदैन । जसले गर्दा यहाँ चामलको माग उच्च रहेको छ’, उनले भने,’मागअनुसार सहुलियत मूल्यमा खाद्य सामग्री उपलब्ध हुँदा स्थानीयवासीलाई सहज भएको छ ।’ यसका साथै दैनिक उपभोग्य वस्तुमध्ये चिनी २४०.४० क्वीन्टल बिक्री भएको छ । 

 रातो मुसुरो दाल ४६.९१ क्वीन्टल, मास दाल २०.२२ क्वीन्टल, चना ६.८९ क्वीन्टल, पिठो १३.२५ क्वीन्टल, मैदा २.७६ क्वीन्टल तथा रहर दाल २.१० क्वीन्टल जनता बिक्रीमार्फत उपभोक्तासम्म सकिएको उनले बताए। 

जिल्लामा सुरुची सनफ्लावर तेल सात हजार ६६४ लिटर बिक्री भएको छ । सुरुचि तोरीको तेल एक हजार ४३३ लिटर र भटमासको तेल एक हजार ४३८ लिटर बिक्री भएको छ । शान्ति तोरीको तेल १९ लिटर तथा डिडिसी घ्यू ६६ किलोग्राम बिक्री भएको कार्यालयले जनाएको छ । 

मसला तथा अन्य उपभोग्य सामग्रीतर्फ चिउरा ८.८३ क्वीन्टल, जिरा दाना १.८ क्वीन्टल, विभिन्न प्रकारका चिया, बेसार, धनियाँ, खुर्सानी पाउडर तथा स्थानीय उत्पादन पनि बिक्री भएको छ ।

‘सात प्रकारका चामल, चार प्रकारका दाल, चार प्रकारका पिठो, चार प्रकारका खाने तेल, १० प्रकारका मसला, डिडिसी घ्यू, चिउरा, गेडागुडी, चिनी, बिस्कुट, चाउचाउलगायत ५९ प्रकारका खाद्य सामग्री उपलब्ध गराउँदै आएका छौँ’, उनले भने। 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित