सहयोगापेक्षीको व्यवस्थापन गर्दै कामपा « Khabarhub

सहयोगापेक्षीको व्यवस्थापन गर्दै कामपा


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । 

कामपा क्षेत्रभित्र सार्वजनिक स्थलमा बसेर माग्दै जीवन चलाउनु पर्ने बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, सडक आश्रित व्यक्तिको अवस्था र आवश्यकता बुझ्ने कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोल आफैँ उद्धार कार्यमा निस्किएकी छन् । 

उद्धारसँगै दिनमा भेटिने सहयोगापेक्षी र रातमा सडकमै बास बस्ने व्यक्तिको प्रकृति आफैँ महसुस गर्नु यस दिनको उद्देश्य रहेको उनको भनाइ छ । 

हिजोआज हरेक दिन बिहान, दिउँसो र साँझको समयमा सडक सेवाअन्तर्गत सडकमा माग्न बसेका व्यक्तिलाई उद्धार गरेर स्क्रीनिङ सेन्टरमा लैजाने गरिएको कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ । 

सहयोग नचाहिने तर माग्ने व्यक्तिहरूको व्यवस्थापनका विषयमा कुरा गर्दै उनले, उनीहरूलाई सीप सिकेर उद्यमी बन्न प्रोत्साहित गरिने, आवश्यकताका आधारमा महानगरपालिका आफैँले सीपमूलक तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइन् ।

उद्धारका क्रममा वडा नं १५ स्वयम्भूको कारखाना चोकबाट १२ जनालाई उद्धार गरिएको छ । 

मानवसेवा आश्रमका केन्द्रीय सदस्य कृष्ण पौडेलका अनुसार दुई जना महिला, आठ जना पुरुष र दुई जना बालकलाई उद्धार गरिएको हो । 

यसरी उद्धार गरिएका व्यक्तिमा मकवानपुर ठेगाना भएका ६५ वर्षकी काली तामाङ, ओखलढुङ्गा सिञ्चोक गाउँपालिका घर भएकी २८ वर्षकी योगिता स्याङ्तान र ६० वर्षका कुर्मीमान स्याङ्तान, धादिङ गाउँपालिका घर भएका ४८ वर्षका कान्छा तामाङ छन् । 

यस्तै वुटवल देवनगर ठेगाना भएका २८ वर्षका इन्द्र कुवाँबोटिया, भारतको उत्तरखण्ड भेउनाका १७ वर्षका विकास चौधरी, सल्यान कपुरघाट गाउँपालिकाका २८ वर्षका दूर्गा वोहोरा, धादिङको मञ्जमजुवा गाउँपालिकाका ६२ वर्षका कुर्मी तामाङ, हेटौँडा सातमोडेका ४६ वर्षका शिव क्षेत्री र धादिङ गजुरीका ५५ वर्षका रमाबहादुर गुरुङ छन् । बालकहरूमा शाही थरका १३ वर्षका र भुजेल थरका १५ वर्षका बालक छन् ।

कामपाले महानगरपालिकाले २०७४ साल मङ्सिर १ गते मानवसेवा आश्रमसँग सम्झौता गरेर सडक सहयोगापेक्षी मानव व्यवस्थापनको काम थालेको हो । पछिल्लो समय कामपाले यसलाई तीव्रता दिएको छ ।   
 

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ७ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित