आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित « Khabarhub

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक जना कर्मचारीको मृत्यु भए पछि विश्व स्वास्थ्य सङ्गठनले गाजाबाट चिकित्सा निकासी स्थगित गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताएका छन् ।

 गेब्रेयससले विज्ञप्ति जारी गर्दै डब्लुएचओको कर्मचारीको मृत्यु पुष्टि गर्दा आफू निकै ‘स्तब्ध’ भएको बताए । घटना पछि अर्को सूचना नआउन्जेल सम्मका लागि डब्लुएचओले गाजाबाट राफाह हुँदै इजिप्टमा चिकित्सा निकासी स्थगित गरेको उनले पुष्टि गरेका छन् ।  

घटनाको सम्बन्धित अधिकारीहरूद्वारा अनुसन्धान भइरहेको उल्लेख गर्दै उनले जोखिमको बाबजुद गाजाका मानिसहरूको स्वास्थ्य सेवा सुनिश्चित गर्न सक्रिय अधिकारीहरूको प्रशंसासमेत गरेका छन् । 

अल जजिराले गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सन्  २०२३ अक्टोबर देखि गाजामा एक हजार ७०० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएको जनाएको छ ।

गाजा मेडिकल निकासीले गम्भीर बिरामी वा घाइते बिरामीहरूलाई गाजा पट्टीबाट जीवन बचाउने, विशेष उपचारका लागि स्थानान्तरण गर्ने समन्वित प्रक्रियालाई जनाउँछ ।

यस अघि, अल जजिराले मध्य गाजामा विस्थापित प्यालेस्टिनीहरूको  विद्यालय तथा आवास नजिकै भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको रिपोर्ट गरेको थियो । रासस

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित