धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद « Khabarhub

धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरेको हो । 

हालसम्म छ हजार २७५ क्विन्टल धान खरिद भइसकेको जनाउँदै धनुषा र महोत्तरीका अधिकांश किसानले धान बिक्रीका लागि नाम दर्ता गराएका कार्यालयका वरिष्ठ सहायक जयकिशनप्रसाद चौधरीले जानकारी दिए। 

कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको भए पनि स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट करिब ५५ क्विन्टलसम्म धान खरिद गरिएको उनले बताए। धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामा पठाउने व्यवस्था गरेको छ ।

कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार कम्पनीको गोदाम नजिक दुईवटा काँटा राखी बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म किसानले ल्याएका धान खरिद भइरहेको छ । हालसम्म धनुषा र महोत्तरीका १६५ जना किसानले स्थानीय तहको सिफारिसमा धान बिक्री गरिसकेका उनले जानकारी दिए ।

धान बिक्री गर्ने किसानमध्ये धनुषाको लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका बढी रहेका उनले बताए। कम्पनीका अनुसार दैनिक पाँचदेखि १५ जना किसानको धान खरिद भइरहेको छ ।

कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिए। सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ रुपैयाँ ३३ पैसा तोकेको छ । 

धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयका गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले बताए।
 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित