वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई व्यवस्थित बनाउन नयाँ मापदण्ड प्रस्ताव गरेको छ। मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गर्दै राय–सुझाव मागेको हो।

प्रस्तावित व्यवस्थाअनुसार मासु पसल र पशु वध गर्ने स्थान अलग–अलग हुनुपर्नेछ। वध गर्नुअघि पशुलाई कम्तीमा १२ घण्टा विश्राम गराउन सकिने छानासहितको टहरा बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

वधअघि पशुलाई सफा गर्ने तथा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था अनिवार्य गरिनेछ। रोगको शंका लागेका वा बिरामी पशुलाई स्वस्थ पशुबाट छुट्टै राख्नुपर्ने व्यवस्था पनि मस्यौदामा छ।

छाला काढ्ने, भुत्ल्याउने, मासु सफा तथा काट्ने र परीक्षण गर्ने स्थान व्यवस्थित हुनुपर्नेछ। मासु पसलमा पर्याप्त स्वच्छ पानी, हात धुने सुविधा र सरसफाइको व्यवस्था अनिवार्य प्रस्ताव गरिएको छ। मासुको गुणस्तर कायम राख्न बिक्री कक्षमा चिलर वा फ्रिजरसहितको ‘कोल्डचेन’ व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत गरिएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ३ : ११ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र