सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह « Khabarhub

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जोखिमका बाबजुद निरन्तर खोज तथा उद्धार गरिरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार रसुवागढीबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमाल क्षेत्रबाट आएको हिमपहिरोका कारण भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आएको थियो। बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याउनुका साथै त्यहाँ कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए ।

प्रधानमन्त्री शाहले स्रोत, साधन र समयको सीमितताका बाबजुद बेपत्ताको खोजी कार्य अन्तिमसम्म जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ८ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित