दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया « Khabarhub

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक सेवामा प्रवेश गराउँदै आणविक प्रतिरोध क्षमता थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार पूर्वी बन्दरगाह सहर वोनसनमा आयोजित समारोहमा ‘काङ कोन’ नामक विध्वंसकलाई नौसेनामा समावेश गरेको राज्य सञ्चारमाध्यमले जनाएको छ । समारोहमा उनकी किशोरी छोरी पनि सहभागी थिए । उनकी छोरीलाई दक्षिण कोरियाली जासुसी सेवाले सम्भावित उत्तराधिकारीका रूपमा हेर्दै आएको छ ।

समारोहमा किमले आणविक हतियारसहितका युद्धपोतले उत्तर कोरियाको आणविक प्रतिरोधलाई अझ विविध र व्यावहारिक बनाउने बताउँदै समुद्री रक्षा तथा युद्ध प्रतिरोधका लागि शक्तिशाली र भरपर्दो आणविक क्षमता निर्माण गर्नुपर्नेमा जोड दिए । 

‘शत्रुहरूको चिन्ता निश्चित रूपमा गहिरो हुनेछ’, उनले भने।

गत जुनमा सेवामा प्रवेश गरेको ‘चो ह्योन’ र नयाँ ‘काङ कोन’ दुवै करिब पाँच हजार टनका विध्वंसक हुन् । उत्तर कोरियाका अनुसार दुवै आणविक क्षमता भएका क्षेप्यास्त्रले सुसज्जित छन् ।

यसैबीच अमेरिका, दक्षिण कोरिया र जापानले दक्षिण कोरियाको जेजु टापुनजिक पाँचदिने ‘फ्रिडम एज’ सैन्य अभ्यास सुरु गरेका छन् । दक्षिण कोरियाले अभ्यास रक्षात्मक रहेको र उत्तर कोरियाको आणविक खतराविरुद्ध संयुक्त प्रतिक्रिया क्षमता बढाउनु यसको उद्देश्य भएको जनाएको छ ।

उत्तर कोरियाले भने उक्त अभ्यासलाई अमेरिकाको शत्रुतापूर्ण नीतिको निरन्तरता भन्दै आलोचना गरेको छ । यसअघि अमेरिका र दक्षिण कोरियाले वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास निर्धारित समयभन्दा छ दिनअघि समाप्त गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अभ्यास ‘पर्याप्त रूपमा घटाउन’ निर्देशन दिएको बताएका थिए ।

तर किमकी बहिनी तथा वरिष्ठ अधिकारी किम यो जोङले अभ्यास छोट्याउँदैमा यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ नबदलिने बताए । त्यसपछि उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

किमले अमेरिकाले आफ्नो ‘शत्रुतापूर्ण नीति’ त्यागेर उत्तर कोरियाको आणविक राष्ट्रको हैसियतलाई सम्मान गरे वार्तामा फर्कन सक्ने बताउँदै आएका छन् । सन् २०१९ मा सीमित आणविक निशस्त्रीकरणका बदलामा आर्थिक लाभ दिने विषयमा सहमति नहुँदा दुई देशबीचको कूटनीति विफल भएको थियो ।

अहिले उत्तर कोरियाको विकसित आणविक कार्यक्रम तथा रुस र चीनसँगको बढ्दो सम्बन्धले किमलाई वार्तामा थप लाभको अवस्थामा पुर्‍याएको विज्ञहरूको भनाइ छ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  १२ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित