तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस « Khabarhub

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस


२३ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति  कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट)बाट तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ ।  

कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा परेका नामबाट भर्नाका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिए । 

यसअघि प्रकाशित अन्तिम योग्यताक्रम, विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको सङ्ख्याका आधारमा नाम सिफारिस गरिएको उनले बताए । शुक्रबार बसेको परीक्षा समितिको निर्णयअनुसार मनोनयन सूची प्रकाशन गरिएको छ । 

मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरको छात्रवृत्तिसम्बन्धी पोर्टलमा छात्रवृत्ति परीक्षाको रोल नम्बर, जन्म मिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्ने व्यवस्था मिलाइएको छ । मनोनयन पत्र लिएर जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नु पर्ने परीक्षा समितिका संयोजक ढकालले जानकारी दिए । 

प्रकाशित सूचीअनुसार शिक्षामा छ जना, मानविकीमा १२, कानुनमा ५०, व्यवस्थापनमा एक हजार ४०१ र विज्ञानमा दुई हजार २६६ जनाको नाम सिफारिस गरिएको छ । 

यसमा ‘ल्याण्डफिल साइट’ प्रभावित क्षेत्रबाट २८ जना, महानगरभित्रका स्थायीवासीबाट चार सय ९२ जना, सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गर्नेबाट एक हजार ५४५ जना, संस्थागत विद्यालयबाट उत्तीर्ण गर्नेबाट चार सय ८१, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकमा अपाङ्गता भएका परिवारबाट १३, आदिवासी जनजातिबाट एक सय ७३, खस आर्यबाट एक सय ९७, छात्रा कोटाबाट चार सय ४०, थारुबाट ३९, दलितबाट ९६, पिछडिएको क्षेत्रबाट ४६, मधेशीबाट एक सय ४९, मुस्लिमबाट २२ र सहिद, बेपत्ता पारिएका, जेन-जी आन्दोलन, द्वन्द्वपीडित परिवारबाट १४ जना विद्यार्थी छन् ।  

यस वर्षका लागि महानगरभित्रका एक सय ४५ वटा शिक्षण संस्थाका लागि चार हजार ८५७ कोटा निर्धारण गरिएको छ । पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू तोकिएको मितिभित्र भर्ना नभई रिक्त रहन गएका सिटमा बाँकी रहेका विद्यार्थीको योग्यताक्रम र शिक्षण संस्थाको प्राथमिकताका आधारमा २८ गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन हुने जनाइएको छ ।
 

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ६ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित