रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप « Khabarhub

रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि ठूला स्तरका ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनी अधिकारीहरूले आरोप लगाएका छन् । किएभका अनुसार उक्त आक्रमणले शान्ति प्रयासलाई पुनः कमजोर बनाएको छ ।

युक्रेनी पक्षका अनुसार रुसले एकै रातमा १०८ वटा लडाकु ड्रोन र तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । युक्रेनले आह्वान गरेको युद्धविराम मे ६ को मध्यरातदेखि लागू हुने भनिए पनि मस्कोले त्यसलाई स्वीकार गरेको औपचारिक संकेत नदिएको बताइएको छ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले केही दिनअघि रुसले मे ९ मा हुने विजय दिवस परेडलाई ध्यानमा राख्दै छोटो समयका लागि युद्धविराम घोषणा गरेको बताएका थिए । तर किएभका अनुसार पछिल्ला आक्रमणहरूले मस्कोको वास्तविक उद्देश्य शान्ति नभई सैन्य प्रदर्शनलाई प्राथमिकता दिने देखाएको छ ।

यसै सन्दर्भमा युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाले सामाजिक सञ्जालमार्फत रुसको कदमको कडा आलोचना गर्दै मस्कोले शान्ति अस्वीकार गरेको र कथित युद्धविरामको आह्वान ‘कूटनीतिक नभई प्रचारात्मक’ मात्र भएको टिप्पणी गरे। उनका अनुसार रुसले मानव जीवनभन्दा सैन्य प्रदर्शनलाई प्राथमिकता दिएको स्पष्ट देखिन्छ ।

यसअघि मंगलबार मात्र रुसले युक्रेनका विभिन्न सहरहरूमा ड्रोन, मिसाइल र बम आक्रमणको शृङ्खला चलाएको थियो, जसमा कम्तीमा २८ जनाको मृत्यु र दर्जनौँ घाइते भएको युक्रेनी पक्षले जनाएको छ । युक्रेनतर्फबाट गरिएको प्रतिआक्रमणमा भने क्रिमियामा पाँच जना र रुसको भित्री क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको बताइएको छ ।

फेब्रुअरी २०२२ मा रुसले पूर्ण आक्रमण सुरु गरेयता जारी युद्धले युरोपकै सबैभन्दा ठूलो द्वन्द्वको रूप लिएको छ । हालसम्म भएको वार्तामा उल्लेखनीय प्रगति हुन सकेको छैन ।

रुसले युक्रेनलाई पूर्वी क्षेत्रबाट सेना फिर्ता गर्न र पश्चिमी सैन्य सहयोग अस्वीकार गर्नुपर्ने माग राख्दै आएको छ, जसलाई किएभले आत्मसमर्पणसरहको शर्त भन्दै अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ५ : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित