ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन « Khabarhub

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ ।

यहाँको स्वयम्भूस्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको हो । 

डा जगदीशकुमार क्षेत्रीको नेतृत्वमा सञ्चालनमा आएको केन्द्र ज्येष्ठ नागरिकहरूप्रति समर्पित नेपालकै पहिलो स्वास्थ्य केन्द्र भएका जनाइएको छ । 

केन्द्रमा अन्तरराष्ट्रिय अनुभव प्राप्त जेरियाट्रिसियन (ज्येष्ठ नागरिक रोग विशेषज्ञ), विशेषज्ञ फिजिसियन्स तथा फिजिकल मेडिसिन एण्ड रिह्याबिलिटेशन विशेषज्ञहरू कार्यरत रहेका सेन्टरका निर्देशक डा क्षेत्रीले जानकारी दिए । 

६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि स्वस्थ बुढ्यौली, रोकथाममुखी स्वास्थ्य सेवा र स्वास्थ्य दीर्घायु प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको उनले बताए । 

केन्द्रले प्रदान गर्ने प्रमुख सेवामध्ये स्वास्थ्य बुढ्यौली तथा दीर्घायु स्वास्थ्य कार्यक्रम रहेको छ । 

यसमा प्रयोगशाला परीक्षण, शरीर संरचना विश्लेषण, मांसपेशी स्वास्थ्य जस्ता शारीरिक कार्यक्षमता मूल्याङ्कन, मुटु रोग जोखिम परीक्षण, मधुमेह तथा क्यान्सर स्क्रिनिङ, मानसिक तथा दिमागी शक्ति परीक्षण, दृष्टि तथा श्रवण परीक्षण, जेनेटिक परीक्षण, पोषण विश्लेषण तथा एआईमा आधारित दिर्घरोग जोखिम पूर्वानुमान रहेका छन् ।

‘हाम्रो ध्यान व्यक्तिहरूलाई उमेर बढ्दै जाँदा सशक्त र आत्मनिर्भर रहन सक्षम बनाउनेमा केन्द्रित छ’, केन्द्रका निर्देशक डा क्षेत्रीले भने ।

यो केन्द्र हप्तामा छ दिन (आइतबारबाहेक) बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ । 

डिमेन्सिया र पार्किन्सन रोगबाट पीडित व्यक्तिका लागि विशेष ओपिडी (बहिरङ्ग) सेवासमेत प्रदान गरिने केन्द्रले जनाएको छ । 

निकट भविष्यमा ‘घरमै अस्पताल’ सेवा, घरमै जेरियाट्रिक चिकित्सक तथा नर्सिङ सेवा तथा हेरचाह सेवा विस्तार गर्ने योजना रहेको निर्देशक डा क्षेत्रीले बताए । 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित