अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह « Khabarhub

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा इमानदारीपूर्वक सहभागी हुन आग्रह गरेका छन्। कतारको राजधानी दोहामा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले इरानले वास्तविक संवादको बाटो रोज्नुपर्ने बताए।

चान्सलर मर्जका अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम रोक्न आवश्यक छ र यस क्षेत्रका देशहरू तथा इजरायलमाथि थप सैन्य खतरा उत्पन्न हुन नदिनु जरुरी छ। उनले जर्मनी अमेरिकासँग नजिकबाट समन्वयमा रहेको उल्लेख गर्दै आगामी घण्टामा कूटनीतिक प्रयासलाई तीव्रता दिइने जानकारी दिए।

मर्ज हाल मध्यपूर्व क्षेत्रको तीन दिने भ्रमणमारहेका छन्। यस क्रममा उनले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान र कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका छन्। भ्रमणको अन्तिम चरणमा उनी संयुक्त अरब इमिरेट्स जाने कार्यक्रम छ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा जर्मनीलाई ‘प्रतिगमनको सहयोगी’ भन्दै आलोचना गरेका छन् । त्यसको जवाफमा चान्सलर मर्जले उक्त टिप्पणीलाई ठूलो अस्तव्यस्तता र असुरक्षाको संकेतका रूपमा लिएको प्रतिक्रिया दिए।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ७ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित