हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी « Khabarhub

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


२० भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिकमार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटकपटक देखिने अवरोधका कारण हेटौँडा–काठमाडौँ आवतजावत प्रभावित हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदमलामासहितको टोलीले बिहीबार भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो ।

मुख्यमन्त्री थापाकाअनुसार उक्त सडकको मर्मत तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमै बजेट विनियोजन गरेको छ ।

सडकको अवस्था हेरेर तत्काल आवश्यक मर्मतको काम अघि बढाइ सवारी आवागमन योग्यबनाउने प्रदेश सरकारको तयारी रहेको उनले बताए ।

उक्त सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्गलगायतका मुख्य सडक अवरुद्ध भएका बेलायात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहजहुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ६ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित