होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने « Khabarhub

होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रिया सोमबार बिहानदेखि सुरु गरिने बताएका छन् ।

उनले यस पहललाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै मानवीय सहयोगका उद्देश्यले अघि सारिएको कदमका रूपमा प्रस्तुत गरेका छन् । 

उनका अनुसार विभिन्न मुलुकहरूले आफ्ना व्यापारिक जहाजहरू उक्त संवेदनशील जलमार्गमा फसेको अवस्थाका कारण सहयोगका लागि अनुरोध गरेका थिए, जसमा ती मुलुकहरू प्रत्यक्ष रूपमा क्षेत्रीय विवादमा संलग्न नभए पनि उनीहरूका जहाजहरू प्रभावित भएका छन् ।

राष्ट्रपति ट्रम्पले इरान, मध्यपूर्व क्षेत्र तथा संयुक्त राज्य अमेरिकाको साझा हितलाई ध्यानमा राख्दै जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्दै उक्त क्षेत्रबाट बाहिर निकाल्ने निर्णय गरिएको उल्लेख गरेका छन् । यस प्रयासले अन्तर्राष्ट्रिय समुद्री व्यापारलाई सहज बनाउन तथा आपूर्ति शृंखलालाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उनका अनुसार केही जहाजहरूमा खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको छ, जसले चालकदलको स्वास्थ्य, सुरक्षा तथा समग्र कल्याणमा चुनौती उत्पन्न गर्न सक्ने अवस्था रहेको छ ।

उनले थप स्पष्ट पार्दै यस मानवीय प्रक्रियामा कुनै प्रकारको अवरोध भएमा आवश्यक परेमा उपयुक्त र कडाइका साथ सम्बोधन गरिने पनि उल्लेख गरेका छन् ।

यसैबीच, इरानले आफ्नो १४ बुँदे शान्ति प्रस्तावबारे अमेरिकी प्रतिक्रिया प्राप्त भएको र त्यसको सावधानीपूर्वक अध्ययन भइरहेको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले उक्त प्रस्तावको मुख्य उद्देश्य युद्धको अन्त्य सुनिश्चित गर्नु रहेको र त्यसमा आणविक विषयसँग सम्बन्धित विस्तृत विवरण समावेश नभएको स्पष्ट पारका छन् ।

यस घटनाक्रमले मध्यपूर्व तथा एसिया क्षेत्रको सुरक्षा अवस्था, समुद्री व्यापार तथा अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धलाई अझ संवेदनशील बनाएको संकेत गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  २ : १८ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)