देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु हुने १५औँ महाधिवेशनमा नजाने भएका छन् । कांग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा निमन्त्रणा गरेको थियो ।

१५औँ महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई हिजो (शनिबार) औपचारिक निम्ता दिएको थियो ।

महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर शनिबार सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरु देउवा निवास महाराजगञ्ज पुगेका थिए ।

पार्टी सभापति गगन कुमार थापाले पठाएको निमन्त्रणा देउवाकोमा पुगे पनि उनी महाधिवेशनमा उपस्थित हुने कुनै कार्यसूची र कार्यक्रम नरहेको नेता डा. प्रकाश शरण महतले जानकारी दिए ।

पूर्वसभापति देउवालाई निम्तो आएछ उद्‌घाटन सत्रमा जानुहोला नि भन्ने प्रश्नमा महतले भने, ‘मसँगको कुराकानीमा कुनै पनि उद्‌घाटन सत्रको निम्तो मान्न जाने कुरा भएको छैन। त्यसकारण उहाँ आउनुहुन्छ भनेर कुप्रचार गरिरहेको छ देउवा दाइ गगनजीहरूको उद्घाटनमा जानुहुन्न ।’

समानान्तर गतिविधि बढाइरहेको देउवा पक्षले गगन थापालाई कांग्रेसको सभापति स्वीकार गरेको छैन । देउवा चौधौँ महाधिवेशनबाट कांग्रेसको सभापति चुनिएका थिए ।

त्यसबेला महामन्त्रीमा विश्व प्रकाश शर्मा र गगन थापा आएका थिए । तर जेनजी आन्दोलन पछि गत पुस अन्तिम साता कांग्रेसले विशेष महाधिवेशन गरेर थापालाई सभापति बनाएको थियो । तर देउवा पक्षले सो महाधिवेशन स्वीकार गरेको छैन।

अधिकांश नेताहरू अहिले गगन थापा संस्थापन पक्षले गरेको पन्ध्रौं महाधिवेशनमा सहभागी भएका छन् । तर देउवा पक्षका नेता मानिने कृष्ण सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, विमलेन्द्र निधि लगायतहरू देउवासँगै छन्।

देउवा पक्षले पनि यही असोज १५ गतेबाट छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ । केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तय गरिएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ८ : ५६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र