रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा « Khabarhub

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बिहान बस्दै छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान ११ बजे बस्ने बैठकमा आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखाबारे मुख्य छलफल हुनेछ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा निर्वाचनको तयारीका साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषयलाई पनि कार्यसूचीमा राखिएको छ।

यसैगरी, बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक परिस्थितिबारे ‘विविध’ शीर्षकअन्तर्गत छलफल हुने बताइएको छ। बैठकको गम्भीरतालाई ध्यानमा राख्दै सभापति रवि लामिछानेले सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिनुभएको छ।

रास्वपाले आगामी स्थानीय तहको उपनिर्वाचन र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै आन्तरिक छलफललाई तीव्रता दिएको हो।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ८ : ३० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित