मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता « Khabarhub

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को आयोजनामा ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा अर्थविद् तथा व्यवसायीले रोजगारी र आम्दानीमा दीर्घकालीन असर पर्नसक्ने औँल्याएका हुन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले उक्त द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौती थपिएको बताउँदै यसले बाह्य मुलुकमा नेपालीको रोजगारीमासमेत असर पर्न सक्ने जोखिम रहेकाले रेमिट्यान्स, औषधि, पेट्रोलियम उत्पादनजस्ता अन्तरराष्ट्रिय वस्तु आपूर्ति, मूल्य वृद्धिमा प्रभाव पार्ने भएकाले यसलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।

निर्वाचनपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले थप चुनौती थपेको बताउँदै उनले भने, “जेनजी आन्दोलनपछि अर्थतन्त्रलाई लयमा ल्याउन प्रयास भइरहेको थियो ।” बैंकिङ प्रणलीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिए पनि यो द्वन्द्वले चुनौती थपेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको पारवहन समितिका सभापति एवम् पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति शृङ्खलामा पनि समस्या पैदा गर्ने, अभावको त्रास फैलने जानकारी दिँदै तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताए ।

अर्थविद् रविशङ्कर सैंजुले मध्यपूर्व तथा पश्चिम् एशियामा हाल चर्किएको द्वन्द्वबाट देशको आर्थिक तथा सामाजिक जीवनमा गहिरो प्रभावपर्ने उल्लेख गर्दै त्यसको विकल्पमा राष्ट्रिय उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि वातावरण बनाउनुपर्नेमा जोड दिए ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य, खाद्य तथा अन्य उपभोग्य सामग्रीको आपूर्ति व्यवस्थाका साथै वैदेशिक लगानी, रेमिट्यान्स, रोजगारी, जिडिपीमासमेत ठूलो प्रभाव पार्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सरकार संवेदनशील हुनुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १० : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित