प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम « Khabarhub

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एरेसिफेस – मेक्सिकोले अमेरिकाबाट प्राकृतिक ग्याँस आयात गर्न सुरु गरेको ‘साउथइस्ट गेटवे पाइपलाइन’ परियोजनाले स्थानीय समुदाय र वातावरणविद्हरूको तीव्र विरोध सामना गरिरहेको छ। क्यानाडाली कम्पनी र मेक्सिकोको सरकारी कम्पनीको साझेदारीमा निर्माण गरिएको यो पाइपलाइनले टेक्सासदेखि टाबास्को राज्यसम्म ग्याँस आपूर्ति गर्दछ।

भविष्यमा यसलाई युकाटन प्रायद्वीपसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।वेराक्रुज क्षेत्रका धेरै मत्स्यजनजीवी र आदिवासी समुदायका सदस्यहरूले परियोजना निर्माणअघि आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै आपत्ति जनाएका छन्।

उनीहरूका अनुसार पाइपलाइनका कारण कछुवाजस्ता संवेदनशील समुद्री प्रजातिको अस्तित्वमा खतरा पर्न सक्छ। वातावरणीय समूहहरूले पनि पाइपलाइनको मर्मत तथा सम्भावित ग्याँस चुहावटले समुद्री जैविक प्रणालीमा गम्भीर नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

मेक्सिकोमा हाल करिब ६० प्रतिशत विद्युत् उत्पादन ग्याँस–आधारित ऊर्जा केन्द्रबाट हुन्छ, जसका लागि आवश्यक करिब ७० प्रतिशत प्राकृतिक ग्याँस अमेरिका बाट आयात गरिन्छ। सरकारले यस परियोजनालाई आर्थिक विकास र ऊर्जा आपूर्तिको अवसरका रूपमा हेरेको छ। तर आलोचकहरूले अत्यधिक आयातमा निर्भरता बढ्दा देशको ऊर्जा स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
त्यसैगरी, प्राकृतिक ग्याँसमा अत्यधिक निर्भरता र तरलिकरण संयन्त्रको विस्तारले देशको वातावरण संरक्षण र हावा गुणस्तर सुधारसम्बन्धी लक्ष्यहरूलाई समेत जोखिममा पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

स्थानीय समुदाय र वातावरण संरक्षणकर्मीहरूले आफ्ना अधिकार तथा प्राकृतिक स्रोतको संरक्षण सुनिश्चित गर्न सरकारसँग खुला संवादको माग गरेका छन्। यस अवस्थाले मेक्सिकोलाई आर्थिक विकास, ऊर्जा सुरक्षा र वातावरणीय संरक्षणबीच सन्तुलन कायम गर्ने गम्भीर चुनौतीतर्फ धकेलेको छ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : १३ बजे

सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा