संयुक्त राष्ट्रसङ्घद्वारा राफाह सीमा नाका पुन : खोल्ने निर्णयको स्वागत « Khabarhub

संयुक्त राष्ट्रसङ्घद्वारा राफाह सीमा नाका पुन : खोल्ने निर्णयको स्वागत


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय कानून अनुसार नागरिकहरूलाई स्वेच्छाले सुरक्षित रूपमा गाजा पट्टीमा फर्कन अनुमति दिनु पर्ने बताउँदै  राफाह सीमा नाका पुनः खोल्ने निर्णयको स्वागत गर्दै सहायताको दायरा विस्तार गर्न आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले पत्रकारहरूसँगको साक्षातकारमा रफाह लगायतका सबै सीमानाकाहरु मार्फत न्यूनतम अवरोधहरूसहित गाजामा पर्याप्त मानवीय सहायताको अनुमति दिने आवश्यकतामा जोड दिए।

आफ्नो तर्फबाट अधिकृत प्यालेस्टिनी क्षेत्रका संयुक्त राष्ट्रका आवासीय संयोजक रमिज अलेक्पेरोभले दुवै दिशामा राफाह सीमा पुनः खोल्नु युद्धविरामको पहिलो चरणको सम्झौताको अनुरूप एक महत्वपूर्ण कदम भएको बताएका छन्।

अलेक्पेरोभले गाजा पट्टीमा सुरक्षित र दिगो तरिकाले मानवीय पहुँच बढाउन थप कार्यको आवश्यकतामा जोड दिए । 

दक्षिणी गाजा पट्टीमा अवस्थित सीमा नाका रफाह आक्रमण र कब्जा पछि सन् २०१४ मे– ७, देखि इजरायली कब्जाले पूर्ण रूपमा बन्द गरेपछि प्यालेस्टिनी आन्दोलनका लागि दुवै दिशामा सोमबार पुनः खोलिएको थियो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  १ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित