नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प « Khabarhub

नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा बिहीबार ५ म्याग्निच्युडको भूकम्प गएको छ।

भारतको नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु उत्तराखण्डको जोशीमठबाट करिब १२८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो। भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको हो।

भूकम्पको गहिराइ कम रहेकाले यसको कम्पन सतहसम्म तुलनात्मक रूपमा छिटो पुग्न सक्छ। यस्ता भूकम्पले क्षति पुर्‍याउने सम्भावना बढी हुने भए पनि हालसम्म कुनै मानवीय क्षति वा मानिस घाइते भएको विवरण सार्वजनिक भएको छैन।

यो भूकम्प गत अगस्ट २६ मा तिब्बत-नेपाल सीमाक्षेत्रमा आएको बाढी र पहिरोबाट ठूलो क्षति भएको करिब एक सातापछि गएको हो। उक्त विपद्मा नेपाल र तिब्बतमा गरी हालसम्म १ हजार २७३ जनाको मृत्यु भएको विवरण छ। जसमा नेपालमा १ हजार २५२ र तिब्बतमा २१ जनाको मृत्यु भएको जनाइएको छ।

नेपालमा मृत्यु हुनेको संख्या १ हजार २५२

नेपालमा बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ। नेपाल प्रहरीका अनुसार प्रभावित क्षेत्रबाट लगातार शव फेला पर्ने क्रम जारी छ। तिब्बतमा मृत्यु भएका २१ जनासमेत उक्त तथ्यांकमा समावेश छन्।

प्रहरीका अनुसार करिब ४ हजार ८७५ जना अझै बेपत्ता छन्। सबैभन्दा धेरै शव चितवनबाट ३५५ वटा बरामद भएका छन्। त्यस्तै, पूर्वी नवलपरासीबाट २१८, पश्चिम नवलपरासीबाट २०८ र नुवाकोटबाट १७७ शव फेला परेका छन्।

पश्चिम नवलपरासीमा बरामद शवमध्ये भारतबाट फेला पारेर नेपाललाई बुझाइएका १८ वटा शवसमेत रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ६ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित