सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन « Khabarhub

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ । 

स्थानीय जनप्रतिनिधि सम्मिलित सोमबारको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा त्यससम्बन्धी नेपाल सरकारको कानुनी व्यवस्था कडाइका साथ लागू गर्न उक्त निर्देशन दिइएको हो । 
    
समितिले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका सार्वजनिकस्थलको तत्कालै अनुगमन गरी तोकिएको स्थानभन्दा १०० मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन बन्द गराउन भनेको हो । 

तोकिएको स्थानमा सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन बन्द गराउने कार्य कडाइका साथ लागू गर्न जिल्लास्थित १३ वटै स्थानीय तहलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। 
    
अधिकारीका अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले तोकेका सार्वजनिकस्थलको वरिपरि सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । 

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई त्यससम्बन्धी कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न पत्राचारसमेत गरिसकेको प्रजिअ अधिकारीको भनाइ छ ।
    
जिल्लाको बेथानचोक गाउँपालिकाले सार्वजनिकस्थल वरिपरि सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा कडाइ गर्ने भएको छ । गाउँपालिकाद्वारा जारी सार्वजनिक सूचनामा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट प्राप्त परिपत्रका आधारमा उक्त निर्णय कार्यान्वयनमा ल्याउन लागिएको सूचनामा उल्लेख गरिएको छ । 
    
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सार्वजनिक तथा संवेदनशील क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण र प्रयोग नगर्न व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गर्दै सूचनाको अवज्ञा गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १ : ११ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित