२ लाख सवारी लाइसेन्स छाप्ने तयारी, विभागले तथ्यांक केन्द्रलाई पठायो  « Khabarhub

२ लाख सवारी लाइसेन्स छाप्ने तयारी, विभागले तथ्यांक केन्द्रलाई पठायो 


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले २ लाख थान सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाईका लागि सुरक्षण मुद्रण केन्द्रलाई तथ्यांक पठाएको छ । 

जेन–जी आन्दोलन क्रममा आगलागीबाट ध्वस्त विभागले कार्तिक १२ मा ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाई गर्नेगरी केन्द्रसँग सम्झौता गरेको थियो । 

सम्झौताको तीन महिनासम्म अत्यावश्यकका लाइसेन्स मात्रै छपाई गर्दै आएको छ । 

‘अहिलेसम्म हामीले विदेश जाने वा अन्य अत्यावश्यकका करिब १७ हजार थान लाइसेन्स केन्द्रबाट छपाई गरेर वितरण गरिसकेका छौँ, सम्झौता गरेको १२ लाख थानमध्ये २ लाख १८ हजार सेवाग्राहीको तथ्यांक भने गत बिहीबार केन्द्रलाई पठाएका छौँ, केन्द्रसँग आवश्यक सबै सामाग्री छन् भन्ने सूचना छ ।सायद केही हप्तामै त्यो छापेर पठाउनुहुनेछ,’ यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने । 

सम्झौताको तीन महिना अझै बाँकी रहेकाले ९ लाख ८२ हजार थान लाइसेन्स पनि समयमै छपाई हुने खतिवडाको दाबी छ । जेन–जी आन्दोलन हुनु पूर्व विभागले प्रयोगात्मक परीक्षा पास गरिसकेका करिब २५ लाख चालकको लाइसेन्स छपाई गर्न सकेको थिएन । आन्दोलनको क्रममा प्रिन्टर मेसिन लगायत आगलागीका कारण क्षतिग्रस्त बनेपछि २ महिनासम्म काम हुन सकेको थिएन । 

क्षतिग्रस्त विभागले कार्तिक १२ मा पहिलो चरणमा १२ लाख थान लाइसेन्स ६ महिनाभित्र छपाई गर्नेगरी केन्द्रसँग सम्झौता गरेको विभागको भनाइ छ । तोकेको समयमा आर्थिक स्रोत जुटाउन नसकेका कारण करिब १३ लाखका लागि भने सम्झौता गर्न नसकेको बताइन्छ । 
देशभरको यातायात व्यवस्थापनको जिम्मा पाएको विभागले हालसम्म पनि अस्थायी रूपमै सेवा दिइरहेको उनी सुनाउँछन्  ।

‘यातायात सेवाग्राहीको बाक्लो उपस्थिति हुने कार्यालय हो, तर आन्दोलनबाट ध्वस्त भएको सर्भर हालसम्म पनि अस्थायी रुपमा चलिरहेको छ, प्रतीक्षालयबाट सेवा दिइरहेका थियौँ गत महिना मात्रै भवन रेट्रोफिट गरेर सरकारी, गैरसरकारी संस्थाको सहयोगमा कम्प्यूटर लगायत सामाग्री जुटाएर सेवा दिइरहेका छौँ,’ उनले भने । 

उनका अनुसार स्थायी सर्भर स्थापित गर्न भौतिक मन्त्रालयमा फाइल पठाइसके पनि काम अघि बढेको छैन । 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ३ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित