कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ ।

सामान्य अवस्थामा करिब तीन घण्टा लाग्ने हेटौँडा–काठमाडौँ यात्रामा अहिले पाँच घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

उनका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक सडक साँघुरो भएका कारण सवारी चापअनुसार विभिन्न स्थानमा केही समय रोकेर समूहगत रूपमा सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई भने प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको छ ।

चौध सिटसम्मका साना यात्रुवाहक सवारीसाधन हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँतर्फ सञ्चालन भइरहेका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउने साना सवारीसाधनलाई फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गबाट सञ्चालन गरिएको प्रहरी निरीक्षक विष्टले बताए ।

यसैबीच, काठमाडौँ उपत्यकामा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन १२ चक्कासम्मका मालवाहक सवारीसाधनलाई मकवानपुरको भैँसेबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ सञ्चालन गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउने मालवाहक सवारीसाधनलाई भने ललितपुरको एकान्तकुना–छम्पी–टिकाभैरव हुँदै कान्ति लोकपथबाट सञ्चालन गरिनेछ । मालवाहक सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

दुवै मार्गमा ग्यास बुलेट सञ्चालन गर्न नदिने तथा ग्यास भरिएका सिलिन्डर बोकेका ट्रकलाई त्रिभुवन राजपथबाट सञ्चालन गरिने प्रशासकीय अधिकृत सुवेदीले बताए । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ आउजाउ गर्ने सवारीसाधन मकवानपुरका वैकल्पिक सडकमा केन्द्रित हुँदा पछिल्ला दिनमा ती मार्गमा सवारी चाप बढेको छ ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  १० : ४८ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र