बाढी प्रभावितलाई लक्ष्मीनिया गाउँपालिकाको ३० लाख सहयोग « Khabarhub

बाढी प्रभावितलाई लक्ष्मीनिया गाउँपालिकाको ३० लाख सहयोग


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– धनुषाको लक्ष्मीनिया गाउँपालिकाले करिब ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज गाउँ कार्यपालिकाको बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख ६५ हजार ५८२ रुपैयाँ जम्मा गर्ने  निर्णय गरेको हो।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँ कार्यपालिकाको बसेको बैठकले सो निर्णय गरेको छ ।

 गाउँपालिकाका अनुसार उक्त रकममध्ये गाउँपालिकाको तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ, जनप्रतिनिधिको तर्फबाट ५ लाख २३ हजार ५०० रुपैयाँ, कर्मचारीको तर्फबाट ५ लाख ४६ हजार ७९९ रुपैयाँ तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तर्फबाट ७ लाख ८४ हजार १७२ रुपैयाँ योगदान गरिएको छ ।

गाउँपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अभूतपूर्व बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित पुनःस्थापना तथा सहज जनजीवनका लागि शुभकामना व्यक्त गरेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिथिलेश ठाकुरले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको र सहानुभूतिमा मात्र सीमित नरही सहयोग, समन्वय, सहकार्य र ऐक्यबद्धताका साथ राहत तथा पुनःस्थापना अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

गाउँपालिकाका अनुसार कर्मचारी तथा शिक्षक कर्मचारीबाट संकलित रकम उनीहरूको सेवा सुविधाबाट निश्चित दिनको तलब कट्टा गरी योगदान गरिएको हो । अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरबाट पाँच दिन र श्रेणीविहीन सहयोगीस्तरबाट दुई दिनको तलब योगदान गरिएको छ ।

त्यसैगरी, माध्यमिक तहका शिक्षकबाट सात दिन, आधारभूत तहका शिक्षकबाट पाँच दिन तथा सहयोगी कार्यकर्ता र कर्मचारीबाट दुई दिनको तलब योगदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  १ : ३२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित