१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति « Khabarhub

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका सम्बन्धमा प्रकाशितरप्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै ‘१८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना व्यक्ति पार्टीको सदस्य रहेको’ भनी आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य न रास्वपाको नीति हो, न अभ्यास, न त कुनै संस्थागत उद्देश्य नै हो ।”

डिजिटल सदस्यता प्रणालीमा ‘आवेदन’ दिएका तर ‘अन्तिम स्वीकृति’ नपाएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा कच्चा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको रास्वपाले जनाएको छ ।

सदस्यताका लागि अनलाइनबाट जोसुकैले आवेदन दिन सक्ने खुला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा टाइपोग्राफिकल त्रुटि, पात्रो प्रणालीको गलत छनोट वा अन्य प्राविधिक कारणले उमेर विवरणमा फरक परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा जनाइएको छ ।

हालसम्म पार्टीको डिजिटल प्रणालीमा पाँच लाख २३ हजार ४६५ आवेदन दर्ता भएकामा ३ लाख ९० हजार ११२ जनाको नागरिकतालगायत आधिकारिक प्रमाणसहित प्रमाणीकरण भइसकेको र बाँकी प्रक्रियामा रहेको महामन्त्री आचार्यले जानकारी दिए ।

रास्वपाले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन प्राविधिक नियन्त्रण लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हालको सदस्यता प्रणालीको पुनरावलोकन गर्दै १८ वर्षमुनिका विवरण स्वतः अस्वीकृत हुने प्रणाली विकास गर्ने र प्रमाणीकरण भइसकेका विवरणहरूको पुनःपरीक्षण गर्ने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १० : ४७ बजे

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती