बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा « Khabarhub

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थानान्तरण गरिने भएको छ ।
 
विसं २०८२ भदौ तेस्रो साता भएको ‘जेन-जी’ आन्दोलनका क्रममा बनेपा नगरपालिका तोडफोड एवं आगजनी भएको थियो । बनेपा नगरपालिका काभ्रे जिल्लाको पुरानो नगरपालिका हो । 

हाल १० नं वडा कार्यालयबाट अस्थायी रुपमा नगर कार्यालय सञ्चालन हुँदै आएको क्षतिग्रस्त उक्त भवन पुनर्निर्माण नहुने भएपछि ५ नं वडास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा सारिन लागिएको हो ।  

नगरको स्वामित्वमा रहेको जग्गामा स्थापित शिक्षालयका ती भवनलाई अस्थायी प्रशासकीय कार्यालयका रुपमा प्रयोग गर्ने तयारी गरेको बनेपा नगरपालिकाले जनाएको छ । 

शिक्षालयमा हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत विभिन्न विषयमा तीनवर्षे स्नातक तहका तथा छोटो अवधिका सीपमूलक तालिम समेत सञ्चालन हुँदै आएका छन् । 

नगरप्रमुख शान्तिरत्न शाक्यले शिक्षालयको नियमित शैक्षिक गतिविधिमा कुनै अवरोध नपुर्‍याई नगरको प्रशासनिक कार्यालय सञ्चालन गर्न खोजेको बताए।

उनका अनुसार नगरले आगामी आर्थिक वर्षको सुरुआतदेखि शिक्षालयका भवनबाट नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । जेन-जी आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बनेपा नगर कार्यालयमा क्षति पुगेको थियो । 
    
नगर कार्यालयले भने स्थानीय सरकारको अधिकार प्रयोग गरी आफ्नो नाममा रहेको शिक्षालयको ८० रोपनी जग्गा र संरचनालाई मातहत ल्याउने निर्णय गरेको छ । 

निर्णयको चौतर्फी विरोध भएपछि नगरले ‘स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर सभाबाट नै पास गरी उक्त निर्णय गरेको’ स्पष्ट पार्दै आएको छ । नगरप्रमुख शाक्यले नगरसभाको निर्णयअनुसार नै शिक्षालयलाई पत्राचार गरेको बताए। 

आन्दोलनका क्रममा कार्यालयमा करिब रु दश करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्यांकनमा उल्लेख छ । बजेट व्यवस्थापन गर्न सकिए यसअघि बनाइएको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) अनुसार क्षतिग्रस्त भवन भत्काएर आठतले सुविधायुक्त नयाँ भवन बनाइने शाक्यले बताए। 

उनका अनुसार जसमध्ये दुई तला भूमिगत पार्किङ रहनेछ । उक्त योजनाअनुसारको भवन निर्माण गर्न ८० करोड लाग्ने शाक्यले जानकारी दिए । 

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित