लेबनानको अवस्थाप्रति जर्मनीको गम्भीर चिन्ता « Khabarhub

लेबनानको अवस्थाप्रति जर्मनीको गम्भीर चिन्ता


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले दक्षिणी लेबनानमा इजरायली सेनाको थप सैन्य अग्रसरताप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले क्षेत्रीय तनावलाई थप बढ्न नदिन सबै पक्षलाई तत्काल युद्धविरामको सम्मान गर्न तथा शान्तिपूर्ण संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ।

विदेशमन्त्री वाडेफुलले जारी गरेको वक्तव्यमा इजरायली सैन्य कारबाही उत्तरी इजरायल माथि भएका निरन्तर आक्रमणहरूको प्रतिक्रियाका रूपमा सुरु भएको भए पनि, हालको अवस्थालाई थप सैन्य रूपमा विस्तार गर्नु दीर्घकालीन समाधान नहुने बताएका छन् । उनका अनुसार यसले पहिले नै संवेदनशील रहेको क्षेत्रीय परिस्थितिलाई अझ अस्थिर बनाउन सक्छ ।

उनले विशेष रूपमा सर्वसाधारण नागरिकहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै सैन्य गतिविधिका कारण लेबनानका हजारौँ परिवार पुनः विस्थापित हुन सक्ने चेतावनी दिएका छन् । लगातारको द्वन्द्वका कारण घर, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य आधारभूत संरचनामा क्षति पुग्न सक्ने र मानवीय संकट अझ गम्भीर बन्न सक्ने उन बताए।

वाडेफुलले यदि द्वन्द्वका कारण लेबनानका केही क्षेत्र दीर्घकालीन रूपमा बसोबास गर्न अयोग्य बने भने त्यसले स्थानीय जनजीवनमा मात्र नभई सम्पूर्ण क्षेत्रको स्थायित्वमा नकारात्मक प्रभाव पार्ने बताएका छन्। उनले नागरिकहरूले सैन्य तनावको मूल्य चुकाउनुपर्ने अवस्था कुनै पनि पक्षका लागि लाभदायक नहुने उल्लेख गरे।

जर्मनीले सबै पक्षलाई संयम अपनाउन, अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न तथा निर्दोष नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, युद्धविरामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै दीर्घकालीन शान्ति र स्थिरताको दिशामा कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

हाल दक्षिणी लेबनानमा बढ्दो सैन्य गतिविधिका कारण क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ । विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि तनाव कम गरी वार्ता र कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने आवश्यकता औँल्याइरहेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित