हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार « Khabarhub

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो । 

वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर गाउँमा विद्युत् विस्तार गरिएको हो । यससँगै लुङ्गिनका अधिकांश बस्तीमा विद्युत् पहुँच पुगेको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष विचारी थापाले गाउँका सबै क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको जानकारी दिँदै यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। 

‘विद्युत् पहुँच विस्तारसँगै यहाँका नागरिकको दैनिकी सहज बनेको छ’, उनले भने, ‘अब शिक्षा, स्वास्थ्य, सञ्चार तथा साना उद्योग व्यवसाय सञ्चालनमा टेवा पुग्नेछ ।’

स्थानीय महेश्वरी कार्कीले विद्युत् विस्तारपछि घरायसी कामकाज सहज बनेको बताए। उनका अनुसार बत्ती बाल्न, खाना पकाउन उपकरण प्रयोग तथा बालबालिकाको पढाइमा सहज भएको भएको हो ।

‘पहिले दियो तथा टुकी बत्तीको भर पर्नुपथ्र्यो, बिजुली आएपछि हाल धेरै सजिलो भएको छ । घरायसी काम र विशेष गरी बालबालिकाको पठनपाठनमा सहज भएको छ ।’ 

विद्युत् सेवा विस्तारसँगै स्थानीयस्तरमा साना तथा घरेलु उद्योग सञ्चालनमा पनि सहज भइरहेको स्थानीयवासी हेमराज कार्कीले बताए।  कृषिजन्य उत्पादन प्रशोधन, सिलाइ–कटाइ, कुटानीपिसानी मिल सञ्चालनजस्ता क्रियाकलापमा पनि यसले सहयोग पुगेको उनको भनाइ छ । 

गाउँमा विद्युत् पुगेपछि सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार, डिजिटल सेवाको प्रयोगमा वृद्धि भएको स्थानीय शम्भु राईले बताए। स्थानीय तहले आगामी दिनमा विद्युत् सेवाको दिगोपना तथा नियमित आपूर्तिका लागि आवश्यक समन्वयलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १२ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित