ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने « Khabarhub

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने


१७ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक युद्धस्थल पर्सागढीमा विजय उत्सव मनाइने भएको छ ।

गोर्खाली सेनाले ऐतिहासिक जित हात पारेको अवसरमा यही पुस १९ गते २११औँ विजय उत्सव मनाउन लागिएको पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले जानकारी दिए ।

उनले विभिन्न कालखण्डमा भएको क्रान्तिले मुलुकभित्र सत्ता मात्रै परिवर्तन गरे पनि  १८७१ साल पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौजबीच भएको युद्धले नेपाल  जोगाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरणमा विजय उत्सव मनाउन लागिएको बताइ ।

‘गोर्खाली सेनाले पर्सागढीको युद्ध जितेकाले नेपाल नेपालको रूपमा रहिरहेको छ । त्यसैले पनि त्यो खास विजयलाई चिरस्थायी बनाउन पनि विजय उत्सव मनाउन लागेका हौँ’, नगरप्रमुख पाठकले भने, ‘अन्य नेपालका गढीहरू व्यवस्थित भए पनि पर्सागढी जग्गाको किचलोका कारणले व्यवस्थित गराउन समस्या भइरहेको छ ।’

श्रीजङ्ग गण पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्कीले ब्यान्डबाजा, सेनाको ऐतिहासिक भेषभुषासहित पदयात्रा गरिने जानकारी दिए । ‘नेपाली सेनाले राष्ट्रिय गीतमा विशेष प्रदर्शनी गर्ने योजना बनाएको छ,’ उनले भने, ‘विजय उत्सवलाई भव्य र सभ्य ढङ्गले मनाउन  लागेका छौँ ।’

पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा  विजयउत्सव मनाउन लागिएको हो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढी जङ्गल क्षेत्र स्थानीयले कब्जा गर्दा यहाँ अन्य संरचना बनाउन समस्या भइरहेको गुनासो गरे ।

‘ऐतिहासिक पर्सागढीको जग्गा अतिक्रमणको चपेटामा परेकाले पनि यहाँ व्यवस्थित गराउन समस्या भइरहेको छ । हामीले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने कोसिस  गरे पनि अहिलेसम्म सफल हुन सकिरहेका छैनौँ’,  पूर्वअध्यक्ष चौधरीले भने, ‘आफ्ना सातौँ पुस्ताका अग्रज रञ्जित चौधरीले गोर्खाली सेनासँग मिलेर ब्रिटिस फौजसँग युद्ध जितेको ऐतिहासिकस्थल भावी पुस्ताका निम्ति संरक्षण गर्नुपर्छ भनेर म पनि लागिरहेको छु । यसमा सबैको हातेमालो आवश्यक छ ।’

विसं १८७१ साल पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अंग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ ।

साबिक गाउँ झिगना, पचरुखी, चैनपुर, बागिश्वरी, बागवान, हरपुर, बिरुवा, बकनेर्वाका स्थानीय बासिन्दाले ठूलो सङ्ख्यामा स्थानीय हातहतियारसहित भैँसी तथा राँगाको सिङमा मसाल बाँधी दुवै खोलाको मुहान र दोभान छाडी गोर्खाली फौजको ठूलो सङ्ख्या आएको भान पारी अङ्ग्रेजलाई त्यहाँबाट भगाएको कथन छ ।

यहाँ पर्सागढीको युद्धमा सक्रिय भूमिका निर्वाह गरेका रञ्जित चौधरीका कुलदेवता वन्हरबाबाको मन्दिर निर्माण गरिएको छ । पर्सागढी मन्दिर परिसरमा धर्मशाला पनि सञ्चालनमा छ । समितिका अध्यक्ष चौधरीले पुराना हतियार सङ्ग्रह गरिए पनि सङ्ग्रहालय निर्माण गर्न नसकिएको बताए ।

पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामजनकप्रसाद चौधरीले स्थानीयको अतिक्रमणको पर्सागढीका नाममा हालसम्म डेढ बिघा जग्गा मात्रै सीमित रहेको गुनासो गरे । (रासस)

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ८ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित