पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो « Khabarhub

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ मध्ये १९ शवको सनाखत भएको छ ।

यसअघि १५ शवको सनाखतपछि परिवारलाई हस्तान्तरण गरिएकामा सोमबार एक र आज थप तीन शव सनाखत भएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। 

उनका अनुसार मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्बन्धित परिवारजनलाई शव जिम्मा लगाइएको हो । 

पछिल्लोपटक सिन्धुपाल्चोक जुगल गाउँपालिकाका २१ वर्षीय विरबहादुर श्रेष्ठ, रसुवा उत्तरगया गाउँपालिकाका २६ वर्षीय अनिता तामाङ, विदुर नगरपालिका बेत्रावतीका ३३ वर्षीया अष्टलक्ष्मी डङ्गोल र सोही ठाउँका ३२ वर्षीया सोनिया डङ्गोलको शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई शव बुझाइएको हो ।

यसअघि १४ पुरुष र एक महिलाको शव सनाखत भइसकेको थियो । पोखरामा पहिचान भएकामा चितवनका ३६ वर्षीय सत्यसुन्दर प्रजापति, अर्घाखाँचीका ४५ वर्षीय नारायणबहादुर थापा, मकवानपुरका ३६ वर्षीय उद्धव खड्का, नवलपरासी पश्चिमका ३७ वर्षीय यादव भण्डारी, इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी र धादिङ घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय सञ्जोग घर्ती रहेका थिए ।

यसैगरी नुवाकोटकी ५६ वर्षीया शारदा ढकाल, गोरखाका ५५ वर्षीय यमबहादुर थापा, पाल्पा घर भई रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक हवल्दार ३४ वर्षीय दीपेन्द्र विष्ट, नुवाकोटका पाँच वर्षीय प्रतिन्स तामाङ, रसुवाका प्रभास भनिने पुरुषोत्तम रैला, सप्तरीका २८ वर्षीय सन्तोष चौधरी, काभ्रेपलाञ्चोकका ४६ वर्षीय डीकबहादुर कायस्थ, गोरखाका ४० वर्षीय केदार पण्डित र काठमाडौँका ३४ वर्षीय राजु सुनारको शव पहिचानपछि आफन्तले बुझेको प्रजिअ बरालले जानकारी दिए ।
 
भोटेकोशी बाढीपछि धादिङ, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा फेला परेका १०२ शवलाई पहिचान तथा कानुनी प्रक्रियाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो।
 

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ५ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित